कञ्चनपुरमा यात्रुबाहक बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बिहीबार बेलौरी–कलुवापुर सडकखण्डमा पैदल यात्रु द्रोपती भट्टको मृत्यु भएको हो । बेलौरीदेखि सुपप्र ००१–९२९नम्बरको बसको ठक्करले शुक्लाफाँटा नगरपालिका १बन्साह गणेशपुरकी ५५ बर्षिया द्रोपती भट्टको मृत्यु भएको होे ।
कञ्चनपुरका प्रहरी प्रवक्ता बन्साहमा यात्रुलाई ठक्कर दिएपछि बसपनि पल्टिएको बताए । बसको ठक्करबाट घाईते भएकी भट्टको उपचारका क्रममा धनगढी निसर्ग अस्पतालमा मृत्यु भएकाे हाे ।
बसमा बसार अन्य यात्रु सुरक्षित रहेको प्रहरीले जनाएको छ । मृतक पक्षले घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । प्रहरीले चालक नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया