बिहीबार कञ्चनपुरको बन्साहामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । बेलौरीदेखि महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र. ००१–९२९ नम्बरको बसको ठक्करबाट बन्साहाकी ५५ वर्षीया द्रोपती भट्टको मृत्य भएको घटनालाई लिएर राजमार्ग अवरुद्ध गरिएको हो । शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा राजमार्ग अवरुद्ध हुँदा आवागमन प्रभावित बनेको छ ।
बिहिवार बेलौरीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१–९२९ नम्बरको बसको ठक्करबाट बन्साहाका ५५ वर्षीय द्रोपती भट्टको मृत्य भएको थियो। मृतक महिलाको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दे स्थानीयहरू आन्दोलित बनेका हुन्। महेन्द्र राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका स्थित कलुवार बजार क्षेत्रमा स्थानीयले सडक अवरुद्ध पारेका छन्।सडक अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन् भने मालवाहक गाडीहरू बाटोमा नै थन्किएका छन्। प्रहरीले सडक खुलाउने प्रयास गरे पनि सहमति जुट्न नसकेको जनाएको छ।
स्थानीयहरूले उचित क्षतिपूर्ति उपलब्ध नगराउन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, सडक अवरुद्ध हुँदा यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ।प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक भट्टको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया