Samriddhipost
२०८२ असार २९ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २९ गते आइतबार

जोशी मृत्युमा प्रहरी संलग्न को आरोप, कार्वाही नभए आन्दोलनमा उत्रीने आफन्तको तयारी ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको दैजी क्षेत्रमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा झलारीका ललितराज जोशीको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारीका ३८ वर्षीय ललितराज जोशीको ज्यान गएको उक्त दुर्घटनामा प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर घटना भएको बताएको थियो । तर, पछिल्लो विवरण अनुसार उक्त दुर्घटनामा दुई जना प्रहरी जवानहरूलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे शुक्रबार राति १०:२० बजेसम्म कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी सागर बोहरासँग बुझ्दा घटनास्थलमै रहेको र थप केही पुष्टि नभएको जानकारी प्राप्त भएको थियो । शनिबार बिहान प्रहरीले दिएको विवरणमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जानकारी प्राप्त भयो । त्यसैलाई आधार मानेर समाचार सम्प्रेषण गरिएको थियो । 

तर शनिबार मृतक जोशीकी श्रीमती लक्ष्मी ठगुन्नाले प्रदेश प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सिद्धराज जोशी र अमित भट्टविरुद्ध जाहेरी दर्ता गरेकी छन् । जाहेरीमा उल्लेख भए अनुसार, ती दुई प्रहरी सवार मोटरसाइकलले ललित सवार मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । घटनामा संलग्न प्रहरीलाई जोगाउन र दुर्घटनालाई सामान्य अनियन्त्रित घटना जस्तो देखाउन खोजिएको भन्दै पीडित परिवार र स्थानीय बासिन्दा आक्रोशित भएका छन् । “उनीहरू प्रहरी भएका कारण सवारी साधन चेकजाँच, मदिरा सेवन र तीव्र गतिका विषयमा पनि छुट दिइएको थियो कि भन्ने शङ्का उत्पन्न भएको छ,” मृतकका एक आफन्तले भने, “अब दोषी प्रहरीलाई कानुनी कारबाही गरिएन भने हामी सडकमा उत्रिन बाध्य हुनेछौँ ।” दिनभरमा यस घटना बारे यी विवरण बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खड्क बहादुर खत्रीसँग टेलिफोन कुरा हुँदा उनले भने, “दुई जना प्रहरी नियन्त्रणमा छन् । नियन्त्रणमा रहेका प्रहरीको अवस्था सामान्य छ । अनुसन्धान भइरहेको छ ।”

मृतक जोशी स्थानीय स्तरमा परिचित मार्केटिङ व्यवसायी थिए । उनी नियमित रूपमा कामका लागि मोटरसाइकलमा झलारी-दैजी-महेन्द्रनगर रुटमा ओहोरदोहोर गर्ने गरेका थिए । शुक्रबार बेलुका करिब ८ बजे वेदकोट नगरपालिका वडा नम्बर १० स्थित त्रिपुरा मन्दिर नजिकै दुर्घटना भएपछि गम्भीर घाइते जोशीलाई उपचारका लागि तत्काल महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राति ८:३५ बजे उनको निधन भएको थियो । स्थानीयवासी र मानव अधिकारकर्मीहरूले प्रहरी प्रशासनमाथि घटना ढाकछोप गर्ने प्रयास भएको आरोप समेत लगाएका छन् । उनीहरू भन्छन्, “प्रहरीले मिडियामा झुटो विवरण दिनु झन् ठूलो अपराध हो । यो घटनाले प्रहरीमाथिको जनविश्वास घटाएको ।” यस घटनाले कञ्चनपुरमा बढ्दो सवारी दुर्घटना र प्रहरी जवाफदेहिताको विषयमा गम्भीर प्रश्न उठाएको छ । नागरिक समाज, पीडित परिवार तथा स्थानीय युवाहरूले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति सुनिश्चित नगरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>