अजिंगर नियन्त्रणमा लिने क्रममा कञ्चनपुरको पुनर्वासमा एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आइतबा र दिउँसो पुनर्वास नगरपालिका–६ मालिका टोलको उखुबारीमा पसेको अजिंगर नियन्त्रणमा दिा सोही स्थानका ४८ वर्षीय सोमराज बिक घाइते भएका हुन् । अजिंगरले बिकको बायाँ हातमा टोकेको छ ।
स्थानीय महादेव भुसालको जमिनमा लगाइएको उखुबारीमा पसेको सात फिटको अजिंगर नियन्त्रण लिन पुगेको सवडिभिजन बन कार्यालय पचकडियाको टोलीलाई सहयोग गर्दा घाइते भएका बिकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको अजिंगरलाई भने स्थानीय नमुना महिला सामुदायिक बनमा छोडिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया