Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ३१ गते मङ्गलबार

चौतर्फी आलोचनापछि सामान्य प्रशासन मन्त्रीको राजीनामा

सामान्य प्रशासन मन्त्रीले पैसा बार्गेनिङ गरेको अडियो बाहिर आएको केही रकम मन्त्रीको क्वाटरमा फेला परेको विषय बाहिर आएपछि चौतर्फी विरोध भएको थियो। चौतर्फी विरोधका बावजुद मन्त्रीले राजीनामा नदिएको प्रधानमन्त्रीले छानबिन समेत नगरेको विषय सहित विभिन्न मिडियाहरूले र प्रतिपक्षी दलहरुले यो विषयको उठान गरेपछि सामाजिक सञ्जालमा आम नागरिकले समेत सरकारको आलोचना गर्न थालेपछि मन्त्रीले राजीनामा दिएका छन्
घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
आफूलाई नखाएको विष लागेको भन्दै अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको मन्त्री गुप्ताले बताए । 'कहिले काही नखाएको बिष पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्मान्नीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु,' उनले भनेका छन् ।
मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादित बनेका थिए ।
आफूलाई फसाउने नियतले पैसाको पोको नै मन्त्री क्वार्टरमा छोडेर अडियो बनाएको दाबी गुप्ताले गरेका थिए । मन्त्री गुप्ताले  अडियो काण्डमा उल्लेख भएको पैसा भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै भेटिएको स्वीकारेका थिए । सो पैसा आफूलाई फसाउनका लागि क्वार्टरमा छाडेर त्यसअनुसारको अडियो रेकर्ड गरिएको हुन सक्ने उनको दाबी थियो ।
स्रोतका अनुसार उक्त अडियो गएको पुस २८ गतेको हो । 
उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा छानबिन गरिरहेको छ ।
उनी पर्सा क्षेत्र नम्बर- ३ बाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद हुन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>