Samriddhipost
२०८२ असार ३१ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ३१ गते मङ्गलबार

कल्भर्ट भत्किएको दुई वर्षमा समेत निर्माण नहुँदा स्थानीयले गरे शुक्लाफाटा नगरमा तालाबन्दी ।


शुक्लाफाँटा नगरपालिका-१० स्थित टोटी नालामा भत्किएको पुल निर्माणको माग गर्दै स्थानीय आन्दोलित भएका छन्। मंगलबार स्थानीयले पुल निर्माणको माग गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।
पुल भत्किएको २ वर्ष हुँदा समेत निर्माणमा चासो नदिएकाले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको लालपानिका स्थानीय धर्मानन्द जोशीले बताए। ‘पुल भत्किएको २ वर्ष पूरा भयो, अहिलेसम्म निर्माणमा कसैले चासो दिएको छैन्,’ उनले भने, ‘स्थानीय भत्किएकै पुलमा जोखिमयुक्त यात्रा गर्न बाध्य छन्।’
टोटी नालामा आवतजावत सहज बनाउन बैकल्पिक बाटो बनाउनुपर्ने स्थानीय नरबहादुर चन्द बताउँछन्। ‘वर्षातको समय छ, भत्किएको पुलमा आवतजावत गर्दा दुर्घटनाको जोखिम छ,’ उनले भने, ‘स्थानीय सरकारसँग वैकल्पिक बाटो बनाई दिन आग्रह गर्न आएका थियौं, मेयरले बढी बोल्ने भन्दै हातपात गर्न खोजे।’
टोटी नालामा पुल नबन्दा सबैभन्दा बढी बालबालिकालाई समस्या भइरहेको स्थानीय लक्ष्मी भट्टले बताइन्। ‘विद्यालय जान विद्यार्थीहरुलाई समस्या भइरहेको छ, यो मुख्य बाटो हो,’ उनले भनिन्, ‘पुल नबन्दा विद्यालयका बसहरु सिसैयाको बाटो भएर टोटी आउँछन्, त्यो बाटो लामो पर्छ।’
नगरपालिकाले वैकल्पिक आवतजावत नबनाएसम्म तालाबन्दी जारी रहने उनको भनाई छ। ‘मेयरले हाम्रो समस्या सुन्नै चाहेनन्, वैकल्पिक बाटो नबन्दासम्म तालाबन्दी जारी राख्छौं,’ उनले भनिन्।
टोटी पुल निर्माणका लागि नगरपालिकाले पहल गरिरहेको नगर प्रवक्ता लालबहादुर ऐरले बताए। ‘प्रदेश सरकारले पुल निर्माणका लागि बजेट विनियोजन गरेर ठेक्का समेत गरेको छ,’ उनले भने, ‘वर्खाको कारणले अहिले निर्माण गर्न समस्या छ, असोजदेखि ठेकेदारले काम गर्ने भनेको छ।’ नगरपालिकाले आवतजावत सहज बनाउन ग्राभेल समेत हालेको उनको भनाई छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>