भीमदत्त नगरपालिका १८ भगतपुर स्थित रहेको जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १६० बन्दी राख्ने क्षमता भएपनि १६७ जना लागू औषधका कैदीबन्दी रहेका छन् । सबै कैदीबन्दी भने ४५६ जना रहेका छन्। लागू औषध का कैदीबन्दी हेर्दा जम्मा कैदीबन्दीको एक तिहाई बढीरहेका छन् ।
अहिले कारागारमा २७ जना महिला, २६ जना भारतीय नागरिक बन्दी रहेको कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए। उनका अनुसार अहिले कारागारमा सबैभन्दा बढी लागुऔषधका १ सय ६७ जना कैदीबन्दी छन्।
‘कारागारमा महिला बन्दीको क्षमता २० जना र पुरुष बन्दीको क्षमता १ सय ४० जना हो,’ उनले भने, ‘क्षमताभन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको छ।’ उनले गत पुसमा कारागारमा कैदीबन्दीको संख्या ५ सय ८० सम्म पुगेको बताए।
‘अहिले अदालतले मुद्दाको फैसला छिटो गर्दा बन्दीको संख्या घट्दै गएको छ,’ जोशीले भने, ‘पहिला जस्तो खुला आकाशमुनि बस्नुपर्ने अवस्था छैन हामीले पाल र टिनको व्यवस्था गरेर भए पनि कैदीबन्दी राखेका छौं।’
कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएका आउने गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले लागुऔषधका सेवनका कारण अन्य आपराधिक गतिविधिमा पनि संलग्न हुनेभएकाले पछिल्लो समय आपराधिक घटना बढेको बताए।
‘अहिले लागुऔषधका कारण पनि आपराधिक घटना बढेका छन्,’ उनले भने, ‘लागुऔषध सेवनकर्ताले चोरी गर्ने, ठगी गर्ने, जबरजस्ती करणी र हत्यासम्मका घटना हुन्छन्।’ उनले लागुऔषधका कारण पनि आपराधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको संख्या बढेको बताए।
‘साथीभाइको लयलयमा लागेर, मनोरञ्जनका लागि लागुऔषध सेवन गरेको पाइन्छ,’ उनले भने, ‘एक पटक लागुऔषध सेवन गरेपछि खाउँखाउँ लाग्ने र खुल्ला सिमानाका कारण सहज पहुँचले पनि सेवनकर्ता बढेका छन्।’
जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागुऔषधका बन्दी छन् । त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया