Samriddhipost
२०८२ साउन ०३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०३ गते शनिबार

बेवारिसे सामान पक्रने प्रहरीले किन भेट्दैन तस्कर मिलोमतो बिना बीच बजारमा सामान पुर्याउन सम्भव छ ?

प्रहरीले शुक्रबार कञ्चनपुरका बिभिन्न स्थानकवाट २१ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीका सामान वेवारिसे अवस्थामा फेला पारेको छ ।
भीमदत्त नगरपालिका–४ बसपार्क, बेदकोट नगरपालिका–७ सुडा र पुनर्वास नगरपालिका–११ डोके बजार स्थित गुम्बा नजिक सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलेर ल्याइएको अन्दाजी २१ लाख ७१ हजार पाँच सय १३ बराबरको सामान वरामद गरिएको प्रहरीले जनाएको छ ।
वरामद सामानमा मुकुट, प्लाष्टिकको फुल माला, सुटपिस, धोती, गम्छा, चस्माको सिसा, रोलरको मोटर, किराना लगायत रहेका बताइएको छ ।
ती सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
त्यस्तै, शुक्रबार कैलालीमा पनि भन्सार छलीको अवैध सामान वरामद गरिएको छछ ।
प्रहरीका अनुसार भजनी नगरपालिका–७ हिक्मतपुर घाटमा भारतबाट भन्सार छली ल्याइएका अन्दाजी ३८ हजार तीन सय ७० रुपैयाँ बराबरको बिडी, सुर्ती लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको छ ।
सीमा क्षेत्रमा सीमा सुरक्षा बल अथवा सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी हुँदाहुँदै कसरी छिर्छ सीमाबाट अवैध सामान ? अवैध रूपमा छिरेको सामान बोक्ने मानिस फेला नपर्ने सामान मात्रै फेला पर्ने कसरी हो ?
कतिपय घटनामा मानिस भाग्न सक्छ छल्न सक्छ तर प्रहरीले छल्नेहरुलाई पक्रिन सक्छ तर पक्रेको बिरलै देखिन्छ ।
भीमदत्त नगरपालिका ४ बसपार्कबाट अवैध सामान पक्रिरहँदा चारैतिर क्यामरा रहेका छन्। त्यो बसपार्कमा होस्। बसपार्क बाहिर राजमार्गमा होस्। क्यामेरा जडान छन्। तर त्यसको खोजी नीति नगरेर सामान मात्रै पक्रने मानिस नपक्रने के यसमा प्रहरीको मिलोमतोमा शङ्का गर्न सकिँदैन ?

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>