Samriddhipost
२०८२ साउन ०४ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०३ गते शनिबार

निजीवन प्रवर्द्धन तथा वृक्षारोपण सप्ताह आज तेस्रो दिन ऐश्वर्य सामुदायिक वनमा वृक्षारोपण गरेर मनाइयो।

सामुदायिक वन समन्वय समिति कञ्चनपुर (सीएफसीसी)को आयोजना तथा सामुदायिक वनको सहकार्यमा आज तेस्रो दिन वृक्षारोपण गरिएको हो। निजी वन प्रवर्द्धन तथा वृक्षारोपण सप्ताहका अवसर मा सीएफसीले सामुदायिक वनको सहकार्यमा वृक्षारोपण गर्दै आएको छ।
आज तेस्रो दिन कृष्णपुर नगरपालिका–१ स्थित एश्वर्य सामुदायिक वनमा वृक्षारोपण गरिएको छ।
वृक्षारोपण कार्यक्रममा वनका अध्यक्ष ईश्वर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा सीएफसीसीका अध्यक्ष महेशदत्त जोशी प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथि जोशीले सामुदायिक वनहरुले आम्दानीको २५ प्रतिशत वन विकासमा खर्च गर्नुपर्ने बताए।
‘त्यस अन्तर्गत वृक्षारोपण पनि पर्छ, हामी वृक्षारोपण सप्ताह मनाइ रहेकाछौं, आज तेस्रो दिन हो,’ उनले भने, ‘वृक्षारोपणले विश्व वातावरणमा प्रभाव पार्छ, जलवायु परिवर्तनको असर पनि कम हुन्छ।’
नीजि जग्गामा फलफूलका बिरुवा रोपेर आम्दानी गर्न सकिने उनी बताउँछन्। ‘अम्बा, बेल, आँप, अमलालगायतका फलफूलका बिरुवा लगाएर आम्दानी गर्न सकिन्छ, यी फलफूलहरु स्वास्थ्यका लागि पनि फाइदाजनक छन्,’ उनले भने।
सामुदायिक वनका उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउने खालका कार्यहरु गर्दै आएको वनका अध्यक्ष बुढाले बताए। ‘हामी वन संरक्षणसँगै अम्रेसो लगाएर उपभोक्तालाई आत्मनिर्भर बनाइरहेका छौं,’ उनले भने, ‘वनमा ८० प्रतिशत रुइना छन्, त्यसलाई हटाएर अन्य प्रजातीका बिरुवा रोप्ने योजना छ।’
वृक्षारोपण कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिमका वन निर्देशक हेमराज विष्टले उपभोक्ताहरुलाई बिरुवा रोप्ने तरिका सिकाएका थिए। ‘बिरुवा रोप्नुपर्छ भनेर जथाभावी रोप्नु हुँदैन्,’ उनले भने, ‘सही तरिकाले बिरुवा रोपे मात्र बिरुवा हुर्काउन सकिन्छ, बिरुवा रोपेपछि पनि रेखदेख गर्न जरुरी छ।’ 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>