दार्चुलाको लेकम गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा दिपकराज जोशी सोमबार (आज) गाउँपालिकामा हाजिर हुनुभएको हो ।
दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली घर भएका अधिकृत जोशीलाई लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएपछि सोमबार हाजिर हुनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत जोशीलाई गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ । लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, हालसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुभएका अधिकृत अम्बादत्त जोशीसहित विषयगत शाखा प्रमुखहरु, जनप्रतिनिधि, कर्मचारी र उपस्थित सरोकारवालाहरुले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई स्वागत गरेको गाउँपालिकाका रोजगार संयोजक राधापल्लब जोशीले बताउनुभयो । स्वागत समारोहका सहभागीहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुला र बैतडीका ६ वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय सिफारिस गरेको थियो । निमित्तको भरमा चलिरहेका विभिन्न स्थानीयतहहरूमध्ये दार्चुलाको २ र बैतडीका ४ वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो । दार्चुलाको लेकम गाउँपालिकामा दीपक राज जोशी र दुहुँ गाउँपालिकामा बैतडीका दिनेश जोशीलाई खटाइएको छ । त्यस्तै बैतडीको डिलासैनी गाउँपालिकामा कैलालीका देव राज चौधरी, दोगडाकेदार गाउँपालिकामा डिलाशैनी गाउँपालिकाका नरेश राज जोशी, सुनर्या गाउँपालिमा वसन्त बहादुर धानुक र पञ्चेश्वर गाउँपालिकामा दल बहादुर धामीलाई खटाइएको छ । मन्त्रालयलले दार्चुलासहित विभिन्न जिल्लाका स्थानीय तहमा ६९ जना प्रमुख प्रशासकीय अधिकृत खटाएपछि हाजिर हुने क्रम सुरु भएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया