Samriddhipost
२०८२ साउन ०६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०५ गते सोमबार

ढिलासुस्ती बेथिति र भ्रष्टाचारका विरुद्ध माओवादी केन्द्र कञ्चनपुर एक्सनमा

कञ्चनपुरका विभिन्न सरकारी कार्यालयमा हुने बेतिथि, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता बिरुद्ध नेकपा माओवादी केन्द्रले एक्सन थालेको छ । प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रले जिल्लाका विभिन्न सरकारी कार्यालयमा हुने बेतिथि, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता बिरुद्ध एक्सन थालेको हो । 

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता जगत बहादुर धामीले नागरिकलाई सेवा दिने कार्यालयबाट शिघ्र सेवा प्रवाहको साटो भ्रष्टाचार, अनियमिततामा लिप्त हुने जन गुनासो आएपछि ज्ञापन पत्र  दिन थालेको बताए । उनले जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका क्षेत्रका विभिन्न सेवा प्रदायक सरकारी कार्यालयबाट अभियान थालिएको बताए । उनका अनुसार भीमदत्त नगरपालिका सहित सडक, सिँचाई पूर्वाधार, महाकाली सिँचाई तेस्रो चरण, कृषि, विद्युत, धान जोन, जलस्रोत, डिभिजन वन, भेटेनरी, महाकाली अस्पताल सहितका कार्यालयमा डेलिगेशन सहित ज्ञापन पत्र बुझाईएको छ ।
  गत विगतका आर्थिक बर्षमा सम्पन्न भएका योजनाको विवरण, उनीहरुको भौतिक एव वित्तिय प्रगति लगायतका विवित पक्षमा सुचना माग गरिएको छ ।
 माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सदस्य तथा सूचना संकलन तथा भ्रष्टाचार नियन्त्रण संयोजक दिपक साउद(शेखर)ले जनहितमा काम गर्ने माओवादी पाटी सरकार नहुँदा सरकारी कार्यालयमा मौलाएको भ्रष्टाचार न्युनिकरणका लागि सकृयतापुर्वक लागेको बताए । ‘पाटी सरकार छैन, तर हामी प्रमुख प्रतिपक्षी भएर सदन र सडकमा बलियो भएर सुशासन विकास र जनहितका पक्षमा सघर्षमा छौँ, उनले भने, ‘तपाईको कार्यालयबाट बेथिति, अत्याचार नगर्नु, जनतालाई सेवा दिनु होला ।’ भ्रष्टाचार बिरुद्ध अभियानमा संयोजक शिखर सहित नेता आनन्द सिह धामी, जगत बहादुर धामी, कमल नेपाली, कविराज धामी(तुफान), तेजेन्द्र ऐर, भुवन कुँवर, पदमराज जोशी, बासुदेव घिमिरे, प्रेस सेन्टर उपाध्यक्ष धर्मराज कठायत सहितका माओवादी नेता कार्यकर्ताहरुले जनपक्षीय कामका लागि सरकारी कार्यालयका प्रमुख सहितको ध्यानाकर्षण गराएका छन । जिल्ला मुकामबाट शुरु गरिएको अभियान जिल्लाभरी संचालन गरेर बेथिति अन्त्य गर्दै जनतालाई सुशासन दिलाउने माओवादीकोे संकल्प रहेको छ । सरकारी कार्यालयमा हुने ढिलासुस्ती सेवाग्राहीलाई अनावश्यक दिने दुखले हैरान भएका जनता माओवादी अभियानबाट सुशासनको अपेक्षामा रहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>