डिभिजन वन कार्यालय, धनगढीका बरिष्ठ वन अधिकृत पूर्णशंकर यादव ७ लाख ३१ हजार घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियारले जारी गरेको विज्ञप्ति अनुसार जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज बरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सेवाग्राहीबाट रु.७,३१,०००।– (सात लाख एकतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित डिभिजन वन कार्यालय, धनगढीबाट सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।
यस कार्यालयको नेतृत्व वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णराज भट्टले गर्दै आएका छन्। गत वर्ष यिनै भट्टको रकम असुलीको अडियो भिडियो काण्ड बाहिर आएको थियो। उक्त काण्डमा कुन जिल्लाले कति रकम दियो भनेर उल्लेख गरिएको सुनिन्थ्यो। उक्त समयमा भट्ट वन निर्देशनालयमा निमित्त निर्देशकका रुपमा कार्यरत रहेका थिए।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया