भीमदत्त नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरु नगरपालिकाविरुद्ध उत्रिएका छन् ।
उनीहरु नगरपालिकाले सेवा करार सम्झौता गर्न दिएको निर्देशनको विरोधमा उत्रिएका हुन् ।
बुधबार उनीहरुले नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशी र शिक्षा विकास तथा समन्वय इकाइको ध्यानाकर्षण गराउँदै निर्देशन खारेज गर्न माग गरेका छन् ।
साउन ५ गते नगरपालिकाले स्वीकृत दरबन्दीमा करारमा कार्यरत शिक्षक, राहत अनुदान र बालविकास शिक्षक कोटाका शिक्षकको करार नियुक्तिको म्याद थप र करार सम्झौता गर्न निर्देशन दिएको थियो ।
विद्यालयमा स्वीकृत दरबन्दीमा करारमा कार्यरत शिक्षक, राहत अनुदान र बालविकास शिक्षक कोटामा कार्यरत शिक्षकहरुको करार नियुक्तिको म्याद थप शिक्षा नियमावली २०५९ को नियम ९७ र नगरपालिका शिक्षा नियमावली २०७९ को नियम ५६ मा व्यवस्था भए बमोजिम करार नियुक्ति म्याद थप र करार सम्झौता गर्न नगरपालिकाले सामुदायिक विद्यालयलाई निर्देशन दिएको थियो ।
नेपाल शिक्षक महासंघ लगायत पेशागत शिक्षक संघ संगठनहरुले पनि करार सम्झौताका नाममा दुःख दिने कार्य नरोकेमा कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
शिक्षकहरुले विरोधमा नगरपालिका परिसरमैं जारी गरिएको निर्देशन च्यातेका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया