Samriddhipost
२०८२ साउन १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०९ गते शुक्रबार

सुतेका मन्त्रीलाई प्रधानमन्त्रीको नमस्कार

प्रतिनिधि सभा संसदमा महत्त्वपूर्ण विषयमा छलफल  भइरहेका बेला पनि कतिपय सांसद र मन्त्रीहरू विषयवस्तुलाई बेवास्ता गर्दै कोही निदाउने, कोही मोबाइल चलाउने त कोही एक आपसमा गफ गर्ने दृश्यहरू सामान्य हुन थालेका छन् ।

 बुधबारको प्रतिनिधि सभा बैठकमा पनि यस्तै एउटा दृश्य देखियो । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर रहेको थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु भएको केही समयमा (शून्य समय चल्दै गर्दा) बैठक कक्षमा प्रवेश गर्छन् । प्रधानमन्त्री बैठक कक्षमा पुग्दा सामान्यतया मन्त्रीहरूले उठेर नमस्कार गर्ने गर्छन् । प्रधानमन्त्रीले पनि हात जोडेरै नमस्कार फर्काउँछन् । 
तर बुधबार प्रधानमन्त्री बैठक कक्षमा प्रवेश गर्दा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ भने मस्त निन्द्रामा थिए । सञ्चारमन्त्री निदाइरहेको अवस्थामा प्रधानमन्त्री बैठक कक्षमा आइपुगेपछि सञ्चारमन्त्री गुरुङ भन्दा पछिल्लो रोमा बसेका रक्षा मन्त्री मानवीर राईले उनलाई उठाउने प्रयास समेत गर्छन् । तर मन्त्री गुरुङ बिउँझँदैनन् । त्यसैले होला बरु प्रधानमन्त्री आफै बोल्छन् र ‘सुत्न दिनुस्’ भन्दै आफ्नो आसनतर्फ अघि बढ्छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>