Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०९ गते शुक्रबार

अपाङ्गता अशक्त जेष्ठ नागरिकको घरमै गएर समाजिक सुरक्षा भत्ता नवीकरण गर्दै वडा कार्यालय

 खडक ब कोली -

कञ्चनपुर  जिल्लाका १९  वडा कार्यालयले  सामाजिक भत्ता नवीकरण कार्यक्रम तीव्र रूपमा गरिरहेका छन भने एक वडा कार्यालयले घर र टोलमा गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिरहेको छ। भीमदत्त नगरपालिका १४ नम्बर वडा कार्यालयले भत्ता खाने सेवाग्राहीहरूको  समस्यालाई  मध्यनजर गरी टोल र अपाङ्गता, अशक्त जेष्ठ नागरिकको घरमा गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिरहेको १४  नम्बर वडाका वडा अध्यक्ष भोजराज जोशीले बताए अध्यक्ष जोशीका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म गाउँको, टोल र घरमा गएर भत्ता कार्ड नवीकरण गरिरहेको र १० बजेपछि वडा कार्यालयमा नै भत्ता नवीकरण गरिरहेका छौँ उनले भने भत्ता नवीकरण अनलाइन सिस्टम भएकोले जेष्ठ नागरिक अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई अप्ठ्यारो पर्ने भएकोले जनप्रतिनिधिको सहयोग र कर्मचारीहरु ल्यापटप, बायोमेट्रिक डिभाईस मेसिन लगायतका सामान साथमा लिएर साउन ४ गतेदेखि साउन १९ गतेसम्म टोल र घरमा  गई नवीकरण गरिने र छुटेका सेवाग्राहीहरूको भत्ता कार्ड वडा कार्यालयमा नै नवीकरण गरिने जोशीले बताए। कञ्चनपुर जिल्लालगायत देशभरि नै भत्ता नवीकरणको कार्यक्रम सुरु भइरहेको छ भने नवीकरण  भाद्र मसान्तसम्म गरि सक्नु पर्ने हुन्छ। भत्ता खाने सेवाग्राहीहरूले भत्ता नवीकरण गर्न आउँदा भीमदत्त नगरपालिकाका प्रत्येक वडाहरूले नागरिकताको प्रमाणपत्र, परिचय पत्र, राष्ट्रिय परिचय पत्र अथवा राष्ट्रिय परिचय पत्र नम्बर, एकल  वा बिधुवा महिलाहरूको हकमा पतिको मृत्यु दर्ता ,सम्बन्ध विच्छेद भएको हकमा सम्बन्ध विच्छेदको प्रमाणपत्र, अपाङ्गता भएको हकमा अपाङ्गता कार्ड, नागरिकता ,सरक्षणको नागरिकता प्रमाणपत्र र बालबालिकाको हकमा जन्मदर्ता र सरक्षकको नागरिकता प्रमाणपत्र सहित सम्बन्धित व्यक्ति स्वयं उपस्थिति हुनु पर्ने हुन्छ र नवीकरण गर्न छुटेमा भत्ता नपाइने र पुनः भत्ता खान खोजेमा  पुनः नयाँ प्रक्रियामा जानुपर्ने   समस्या भएकाले भीमदत्त नगरपालिकाका वडा कार्यालयका कर्मचारीहरूले सेवाग्राहीहरूको भत्ता नवीकरण नछुटाेस भनेर  नवीकरण प्रक्रियालाई तीव्र पारेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>