खडक ब कोली
कञ्चनपुरको खुला मञ्चमा मिनी मनोरञ्जन तथा संस्कृतिक मेला २०८२ उद्घाटन गरिएको छ। सुदूरपश्चिम समावेशी अपाङ्गता सङ्घको आयोजनामा सुरु भएको मेलाको उद्घघाटन भीमदत्त नगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष तथा उद्घघाटन समाराेका प्रमुख अतिथि सुशील कुमार भट्टले रिबन काटेर शुरु गरेका हुन। उनले मौसम प्रतिकुलका बावजुद पनि अपाङ्गताको क्षेत्रमा रहेका व्यक्तिहरूले पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्धन लगायत व्यावसायिक उत्थानका लागि मेलाकाे लगाएकोले धन्यवादका साथै सफलताको शुभकामना दिएका छन्। मेलामा टिकट दर १०० रुपैयाँ लगाएकोछ भने विद्यार्थीहरुलाई सहुलियत रु ५० तोकिएको छ उक्त मेलाबाट उठेको रकम प्रति टिकटबाट नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखालाई अक्षय कोषको लागि २ रुपैयाँ , शारीरिक अपाङ्गता समाजको व्हीलचेयर बास्केटबलको प्रवर्द्धनका लागि दिइने र पार्किङबाट उठेको रकम जिल्ला क्रिकेट सङ्घलाई दिइने सुदूरपश्चिम समावेशी अपाङ्गता सङ्घका संयोजक उपेन्द्र बहादुर खडाइतेले बताए। मेलामा राष्ट्रिय स्तरका बहुचर्चित कलाकार र स्थानीय कलाकारको प्रस्तुति रहने मेला व्यवस्थापक करन सिंह पालले बताएका छन्
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया