Samriddhipost
२०८२ साउन १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १० गते शनिबार

लालझाडी ५ मा सावनको डोला उद्घाटन, कंचनपुरका ४ पालिकामा आइतवार बिदा ।

कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नम्बर ५ मा सावनको डोलाको उद्घाटन भएको छ। 
वडाको घमकापट्टिमा राना थारु संस्कृति संरक्षण एवं सम्बर्धन समितिको आयोजना र वडा ५ कार्यालयको सहयोग र समन्वयमा गरिएको एक कार्यक्रमको अध्यक्षता चन्द्रा रानाले गरेकी थिइन् भने प्रमुख अतिथिका रुपमा वडा अध्यक्ष पहलबहादुर थापा रहेका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले रिबन काटेर साउनको डोलाको उद्घाटन गरेका हुन् ।
नेपालको कैलाली र कञ्चनपुर जिल्लामा रहेका राना थारु समुदायले प्रमुख पर्व तीजका रूपमा मनाउने गरेका छन् ।
यसै अवसरमा अवसरमा कंचनपुर का पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
बेलौरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख जोगराम चौधरीले पालिकाले हरेक समुदायका पर्वलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै पालिकाले रानाथारुको प्रमुख पर्व तीजका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए।
‘बहुधार्मीक बहुसांस्कृतिक हाम्रो मुलुकमा यस्ता चाडपर्वहरुले सामाजिक एकता तथा भातृत्वलाई कसिलो बनाउन छ,’ उनले भने, ‘पर्वलाई तडकभडक नगरी आर्थिक मितव्ययी बनाउन आग्रह गर्दछु।’ लालझाडी गाउँपालिकाले साउन ११ र १३ गते सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाले रानाथारु समुदायका महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वका अवसरमा सार्वजनिक बिदा दिएको बताए। बेलौरी र पुनर्वास नगरपालिकाले साउन ११ गते सार्वजनिक बिदा दिएका छन्।
रानाथारु समुदायका महिलाहरुले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गरेका छन्। रानाथारु समुदायका जानकारहरुका अनुसार तीज आउनु अगावै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने प्रचलन छ। यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन्।
‘अन्य समुदायले श्रीमान्को दीर्घायूका लागि तीजको व्रत बस्छन् तर हाम्रो समुदायमा दाजुभाइको दीर्घायूका लागि तीजको व्रत बस्छन्’, रानाथारु समुदायका अगुवा प्रेमवती रानाले भनिन्, ‘हाम्रो समुदायका दिदीबहिनीले माइतमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छन्।’
उनका अनुसार रानाथारु समुदायका महिलाले माइतीघरमा व्रत बसेर तीज मनाउने प्रचलन छ।
तीज रानाथारु समुदायको महान् पर्व हो। हिन्दू धर्मावलम्वीहरुले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन रहिआएको छ भने रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन रहेको उहाँको भनाई छ।
यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको स्थानीय चेतराम रानाले बताइन्। तीज आउनुपूर्व नै मनोरञ्जनका रुपमा सावनको डोला (पिङ) खेल्ने प्रचलन छ। यो पर्वमा रानाथारु समुदायका दिदीबहिनीले परम्परागत पहिरनमा सजिएर पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गर्छन्। तीजमा महिला दिनभरि पानीसमेत नखाएर आफ्नो दाजुभाईको दीर्घायुका कामना गर्दै व्रत बस्ने गर्दछन्। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>