Samriddhipost
२०८२ साउन ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ११ गते आइतबार

मध्य बर्खा सम्म किसानले मल नपाउने भएपछी वाईसियल एक्सनमा

वाईसियल कंचनपुरले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ। 
ज्ञापनपत्रमा देशभरिका कृषकहरू अहिले गम्भीर समस्याको सामना गरिरहेका छन्। मध्य वर्षायाम सुरु भइसक्दा समेत रसायनिक मलको चरम अभावका कारण किसानहरू खेती गर्नबाट बञ्चित छन् । सरकारले दिएको पटक-पटकको आश्वासनपछि पनि मल आपूर्ति सहज र सरल भएको छैन। यो अवस्था योजनाबद्ध रुपमा सिर्जना गरिएको छ। जसले कृषकहरुलाई प्रत्यक्ष प्रभावित पारेको उल्लेख गरेको छ।

वाइसिएल नेपाल यो गम्भीर समस्याप्रति गहिरो चिन्ता व्यक्त गर्दछ। किसानहरूले मल नपाएर खेत बाँझो राख्नुपर्ने अवस्था सिर्जना भएको छ जसको कारण राष्ट्रिय आत्मनिर्भरता र खाद्य सुरक्षामाथी प्रहार गरेको छ । सरकारले समयमा मल आपूर्ति गर्न नसक्ने, पहुँचको आधारमा असमान वितरण गर्ने, भित्र-भित्रै कमिसनको चक्कर मा दलाल तथा विचौलियाहरु मार्फत कालाबजारी गर्ने जस्ता गम्भीर प्रकृतिको समस्याले लाखौं किसानहरु आक्रान्त भएको भन्दै वाइसिएल नेपाल घोर भर्त्सना तथा निन्दा गर्दछ र यस्तो कार्य अबिलम्ब रोकी रसायनिक मल आपूर्ती सुचारु गर्न र वितरण प्रणाली न्यायोचित गर्न जोडदार माग गर्दछ उल्लेख गरेको छ।

कृषी प्रधान देशको कृषी बालीलाई अत्यावश्यक पर्ने रसायनिक मलको अभाव विगत लामो समय देखि आएको र सधैं रहने समस्याबाट दिर्घकालिन समाधान खोज्न पनि सरकार समक्ष ध्यानाकर्षण गर्दछौं ।

सरकारलाई पनि गम्भीरता पूर्वक चेतावनी दिन चाहन्छौं। यदि तुरुन्तै देशभर मल आपूर्ति सुनिश्चित गरिएन भने वाइसिएल नेपाल आफ्नो अभियानलाई देशव्यापी बनाउनेछ र आन्दोलनको रूप दिनेछ बिज्ञप्तीमा उल्लेख छ।
यो समस्या सामाधान नगरे कडा आन्देलन गर्ने वाईसियल ईन्चार्ज तिलक जप्रेलले बताएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>