Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १३ गते मङ्गलबार

सामाजिक सुरक्षाकोसँग आबद्ध हुने अपहिमल सुदूरपश्चिमको पहिलो पालिका

दार्चुलाको अपीहिमाल गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग औपचारिक सम्झौता गर्दै सुदूरपश्चिम प्रदेशमै पहिलो गाउँपालिका बनेको छ। साउन १२ गते भएको यो सम्झौतासँगै अपीहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रदेकै पहिलो पालिका बन्न सफल भएको हो।

यस सम्झौताबाट गाउँपालिकामा कार्यरत १५० भन्दा बढी करार सेवाका कर्मचारी, स्वयंसेवक शिक्षक तथा अन्य अस्थायी श्रमिकहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकरे बोहराका अनुसार अब यी कर्मचारीहरूले निवृत्तिभरण, बीमा र उपचार खर्चजस्ता महत्त्वपूर्ण सामाजिक सुरक्षा सुविधाहरू प्राप्त गर्नेछन्।

अध्यक्ष ठेकरेले यो सम्झौतालाई कर्मचारीहरूको हकहित सुनिश्चित गर्ने दिशामा एक निर्णायक कदम बताएका छन्। उनले भने, "यसले कर्मचारीहरूको भविष्य सुरक्षित गर्नुका साथै उनीहरूलाई अझ बढी उत्साहका साथ सेवा दिन प्रेरित गर्नेछ।"

सामाजिक सुरक्षा कोषमा आबद्धतापछि कर्मचारीहरूलाई आपत्कालीन अवस्थाहरूमा वित्तीय संरक्षण मिल्ने, सेवा अवकाशपछि आधारभूत जीवनयापनका लागि सहयोग पुग्ने र समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

स्थानीय तहमै बसेर आफ्ना कर्मचारीहरूको हित र सुरक्षामा प्राथमिकता दिएको अपीहिमाल गाउँपालिकाको यो कदमलाई उदाहरणीय मानिएको छ।

सामाजिक सुरक्षाको दायरामा सबैलाई समेट्ने राष्ट्रिय अभियानमा अपीहिमालले देखाएको यो सक्रियताले अन्य पालिकाहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>