Samriddhipost
२०८२ साउन १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १३ गते मङ्गलबार

के हो गुरही पर्व

थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी लुम्बीनी र सुदुरपश्चम प्रदेशका लगायत ठाउँका चौधरी थारु समुदायमा यो पर्वको उत्सव सुरु भएको छ ।
थारु समुदायले मनाउने गुरही एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको पर्व हो । थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको बेल्डाडीका सिताराम चौधरी बताउछन् ।

वहाका अनुसार गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधि महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको उनले बताए ।
गुरही पूजाका अवसरमा कैलालीका केही स्थानीय तहहरुले सार्वजनिक बिदासमेत दिएका छन् ।

यसरी मनाइन्छ गुरही ?
गुरही पर्व खासगरी बालबालिकासँग सम्बन्धित मानिन्छ । पछिल्लो समय सबै उमेर समूहका मानिसहरूले यो पर्व मनाउने गरेका छन् ।
‘गुरही’ एक प्रकारको गाइने कीराको प्रतीक रहेको र यसले वातावरणलाई दूषित बनाउने कीटाणु र लामखुट्टेलाई आफ्नो आहारा बनाउने थारु अगुवा पञ्चराम चौधरीले जानकारी दिए । यही गाइने कीराको प्रतीकका रूपमा कपडाको गुरही (पुतली) बनाएर पूजा गरी मनाइने भएकाले यस पर्वको नाम गुरही रहन गएको उनको भनाइ छ ।
पर्वको केही दिनअघिदेखि थारु समुदायमा घर आँगन लिपपोत गरी सफा बनाइन्छ । पर्वको दिन बिहानै नुहाइधुवाइ गरी शुद्ध भइन्छ । महिलाले रङ्गीचङ्गी कपडाका टुक्राहरूबाट ‘गुरही’ अर्थात् पुतली बनाउँछन् । केटाहरूले बाँस वा जुटको प्रयोग गरी गुरही पिट्ने (कोर्रा) लट्ठी बनाउँछन् ।
साँझपख गाउँका मानिस, विशेषगरी बालबालिका र युवती, नयाँ कपडा लगाएर ढकियामा भुजा, मकै, केराउ, चना र कपडाको गुरही लिएर गाउँको चोक वा चौराहामा भेला हुन्छन् । गाउँको अगुवा (भलमन्सा) ले दुबोमा गाँठो पारेर पूजाको सुरुआत गर्छन् । त्यसपछि युवतीले ल्याएका गुरहीलाई एक ठाउँमा राखेर पूजा गरिन्छ । भाइबहिनीबीचको माया प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले गुरिया फाल्ने गर्छन् र भलमन्साको आदेशमा दाजुभाइले उक्त गुरियालाई लट्ठीले पिट्छन् र दुवै पक्ष रमाउँछन् ।
ठटाउने बेला उनीहरू ‘देऊ घुघरी’, ‘लेउ घुघरी’ को नारा लगाउँछन् । यसलाई ‘गुरही असरैना’ भनिन्छ । यसरी गुरही पिट्दा गाउँघरमा रहेका रोगव्याधि र दुष्ट आत्माहरू भाग्छन् भन्ने विश्वास रहेको नगर भलमन्सा अध्यक्ष बुधराम चौधरीले बताए । उनका अनुसार गुरही पिटिसकेपछि युवतीले आफूले ल्याएको भुजा, चना, मकैजस्ता गेडागुडी प्रसादका रूपमा सबैलाई बाँड्छन् ।
‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्टि गर्छन् । त्यसो गरेमा गाउँघरमा रहेको रोगव्याधि र सङ्कट पानीसँगै बगेर जाने र सुखलाभ प्राप्त हुने विश्वास छ । कोहीले कपडाको टुक्रा सङ्कलन गरेर घरतिर घरको ढोकामा बाँध्ने गरिन्छ । यसोगर्दा घरमा रहेको दुःख, कष्ट, सर्प बिच्छीहरू घरबाट निस्केर जाने जनविश्वास रहेको चौधरीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>