Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १३ गते मङ्गलबार

प्रधानमन्त्री भेट्न दौडेका प्रदेश मन्त्रीका दुई गाडी दुर्घटना ।

सुदूरपश्चिमका दुई जना मन्त्री सवार गाडी एक आपसमा ठोक्कीएर दुर्घटना भएको छ। 
मंगलवार चिसापानीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन मा प्रधानमन्त्री आउने कार्यक्रम रहेको छ। यसका लागि ऊर्जा तथा जलस्रोत सिँचाई मन्त्री सोमबार नै धनगढी पुगिसकेका थिए। यही कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी ठोक्कीएर लम्कीमा दुर्घटना भएको हो।
दुर्घटनामा दुवै मन्त्री सवार गाडीमा क्षति भएको छ। सवारी साधन बाहेक कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नयाव उपरिक्षक राजकुमार सिंहले जानकारी दिए।
उनका अनुसार घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।

सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडीहरू बेलाबखत दुर्घटना परिरहन्छन्। यो नौलो विषय देखिएन। अहिलेकै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री सवार गाडी बझाङमा दुर्घटना हुँदा तत्कालीन मन्त्रीको परिवारसहित ज्यान गएको थियो।

अघिल्लो सरकारका पालामा सामाजिक विकास मन्त्रीको गाडी दुर्घटनामा परेको थियो। भने आज यी दुवै गाडी दुर्घटनामा परेका छन्। के यी मन्त्रीहरूका सवारी साधनले ट्राफिक नियम मान्दैनन् वा मनमर्जी चलाउँछन् वा के भएर दुर्घटना हुन्छन् यो चासोको विषय छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>