दार्चुलाको लेकम गाउँपालिका-४ दमसैनाका शंकर गिरीको घर भत्किएको छ । मंगलबार (आज) दिउँसो १ बजेको समयमा घरको देवालसहित छत (पाखो) भत्किएपछि घरभित्रको खाद्यान्न, लुगाकपडा, भाडाकुडा लगायत घरभित्रको सामग्री च्यापिएको घरधनी गिरीले बताउनुभयो ।
गत वर्ष २०८० को चैत महिनामा दमसैना सडकबाट दुर्घटना भएको एउटा जीप घर माथि परेर देवाल कमजोर भएका थिए । साथै घरमाथिबाट सडकको ढल समेत घरभित्र पसेपछि पुरै घर भत्किएको उहाँको भनाइ छ । देवाल भत्किने अवस्थामा रहेकोले विगतदेखी घर मर्मतका लागि वडा, पालिकासहित सरोकारवालाहरूलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको र अहिले विपत्तिको सामना गर्नुपरेको गिरीले बताउनुभयो ।
दिउँसोको समयमा भत्केकोले मानवीय र पशुधन क्षति हुनबाट जोगिएको छ उहाँले भन्नुभयो, मानवीय क्षति नभएपनि घर पुरै नष्ट भएको र घरभित्रको सामग्री समेत च्यापिएर क्षति भएको छ ।
आफुले बस्दै आएको घर पूर्णरूपमा क्षतिग्रस्त भएपछि अहिले पल्लो घरमा बाँस बसिरहेको र क्षतिग्रस्त घरको कारण थप दुर्घटनाको जोखिम रहेको उहाँको भनाइ छ । आवश्यक राहतका लागि लेकम गाउँपालिकालाई अनुरोध गर्नुभएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया