Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १४ गते बुधबार

ढुङ्गा प्रहार गरेका विद्यार्थी नेता बिष्टलाई अदालतद्वारा पाँच दिन म्याद थपेर अनुसन्धान हुदै

नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिरीका सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्ट कुटपिटमा क्रान्तिकारी कञ्चनपुरका पूर्व जिल्ला अध्यक्ष भुवन विष्टमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान थालिएको छ ।
आइतबार माओवादी केन्द्रको पार्टी कार्यालयमा अनौपचारिक छलफलका क्रममा विवाद भएपछि विष्टले भट्टमाथि ढुङ्गा प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए । भट्टको काठमाण्डै मा उपचार भई रहेको छ ।
घाइते भट्टकी श्रीमतीले विष्ट विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि उनी विरुद्ध अनुसन्धान अघि बढेको छ । प्रहरीले विष्टलाई जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि ५ दिन म्याद लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले विष्ट विरुद्ध जाहेरी आएपछि अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको बताए ।
आइतबार कुटपिटपछि विष्टलाई पक्राउ गरिएको थियो । विष्टले आफ्नो पनि टाउकोमा चोट लागेर घाइते भएको भनेपछि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनका लागि इन्चार्ज भट्ट महेन्द्रनगर आएका हुन् ।भट्टको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको नेताहरुले बताएका छन् ।
घाइते भट्ट र विष्ट दुबै गत वर्ष काठमाडौंमा भएका अखिल क्रान्तिकारीको २२ औ महाधिवेशनमा केन्द्रीय उप महासचिवमा चुनाव लडेका थिए । निर्वाचनबाट भट्ट उप महासचिव भएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>