Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १४ गते बुधबार

छाङरू  एक नम्बर पिलरमा संयुक्त अनुगमन

दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ अन्तर्गत पर्ने छाङरु क्षेत्रबाट नेपाली सुरक्षा निकाय र सञ्चारकर्मीको संयुक्त टोलीले नेपाल–चीन सीमाको नम्बर १ पिल्लर क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरेको छ।

२०७२ साल साउन १० गते बिहान १०:३० बजे सशस्त्र प्रहरी निरीक्षक अनिल बहादुर शाहीको कमाण्डमा १/२० जनाको २४/७ “On the Ground” टोली छाङरुबाट प्रस्थान गरेको थियो। उक्त टोलीमा नेपाल प्रहरी ईलाका कार्यालय तिंकरका प्रहरी सहायक निरीक्षक मानबहादुर रोकायको नेतृत्वमा पाँच जना प्रहरी, नेपाल पत्रकार महासंघ दार्चुलाका सहसचिव हरिप्रसाद जोशी, पत्रकार जिज्ञासु खत्री समेत सहभागी थिए।

टोलीले छाङरु, राकाङ, तिंकर, छियालेक, डुङ्काङ हुँदै टाटा मार्ग भएर नेपाल–चीन सीमा पिल्लर नं. १ सम्मको यात्रा गरी साउन १२ गते दिउँसो १२:४५ बजे फिर्ता भएको हो।

अनुगमन टोलीसँगै खटिएका सशस्त्र प्रहरी बल नेपाल नं ५० का गुल्मपति, सशस्त्र प्रहरी नायब उपरीक्षक फणेन्द्र बहादुर शाहीले सीमास्तम्भ क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै तिंकरस्थित बोर्डर आउट पोस्टको समेत निरीक्षण गरेका थिए। उनले त्यहाँ कार्यरत सशस्त्र प्रहरी जवानहरूलाई राष्ट्रसेवामा उच्च मनोबलका साथ लाग्न प्रेरणा प्रदान गर्दै निर्देशनसमेत दिएका थिए।

यो अनुगमनले नेपालको संवेदनशील सीमा क्षेत्रको सुरक्षा अवस्था बुझ्न, स्थानीय बासिन्दाको भावना संकलन गर्न तथा सञ्चारकर्मीमार्फत वास्तविकता उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

यतिबेला नेपाली व्यवसायीहरु चीनको ताक्लाकोटमा व्यवसाय गर्नको लागि त्यतातर्फ प्रस्थान गरेका छन् भने सुरक्षा निकायले बेलाबेला सिमा क्षेत्रमा निरीक्षण अवलोकन गरिरहन्छ भनि DSP फणेन्द्र बहादुर शाहिले बताएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>