गएराति दुई जनाको समूहले खुकुरी प्रहार गर्दा कञ्चनपुरमा १६ वर्षीय किशोर गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार पुर्नवास नगरपालिका–५‘घ’ गाउँका आयुष बोहरा गम्भीर घाइते भएका हुन् ।
पुर्नवास नगरपालिका–५ स्थित ‘ग’ गाउँमा रहेको भानु युवा क्लबको खेल मैदानमा सामान्य विवाद हुँदा सोही ठाउँका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले बोहरामाथि खुकुरी प्रहार गरेका प्रहरीको भनाई छ ।
पुनर्वास स्थित बिएन पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि बोहरालाई धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको छ ।
खुकुरीसहित कुटपिटमा संलग्न टमाटा र सुनारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया