Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८२ साउन १५ गते बिहिबार

महेन्द्रनगरमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट सम्पन्न

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट कार्यक्रम सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कञ्चनपुर जिल्ला फुटबल संघको समन्वयमा सुदूरपश्चिम प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट कार्यक्रम महेन्द्रनगरको खुलामञ्चमा एक कार्यक्रमका साथ सम्पन्न भएको हो।

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ प्रदेश फुटबल संघका महासचिव काशिराम बोहरा सदस्य गोपाल चन्द, कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावल, प्रशिक्षक पुष्कर शाही, लोक पातली, भरत महता, हिमाल मल्ल र सुबास कोलि लगायत खेल प्रेमी तथा खेलाडीको उपस्थित रहेको थियो।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ५२ जना पुरुष खेलाडीको उपस्थितिमा प्रदेश छनौट कार्यक्रम सम्पन्न भएको सुदूरपश्चिम प्रदेश फुटबल संघले बताएको छ। संघका अनुसार, प्रदेश बाट केन्द्रका लागि छनौट हुने खेलाडीको नामावली साउन १६ गते सार्वजनिक गरिने छ।

छनौट कार्यक्रम सम्पन्न पश्चात् सुदूरपश्चिम प्रदेश फुटबल संघले खेलाडीहरु प्रशिक्षक लगायत खेलप्रेमी लाई मध्यनजर गर्दै खिर खुवाउने कार्यक्रम समेत गरेको थियो। उक्त कार्यक्रममा खिर खाने विशेष दिन परेको हुँदा खेलाडी, प्रशिक्षक लगायत लाई खिर खुवाउने अवसर एकासी जुरेको सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले बताउनु भयो।

साउन १५ गते नेपाली समाजमा खीर खाएर विशेष रूपमा मनाइँदैछ। वर्षा ऋतुका बेला असार १५ मा दही–च्युरा र साउन १५ मा खीर खाने परम्परा प्राचीनकालदेखि निरन्तर चली आएको सांस्कृतिक परम्परा हो। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ। शिवलाई दूध र दूधबाट बनेका परिकार मनपर्ने विश्वास रहेको हुँदा साउनमा खीरजस्ता परिकार अर्पण गरिन्छ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>