कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले पत्रकार सम्मेलनमै झुट बोलेका छन्।
पत्रकार महासङ्घ कञ्चनपुरका सचिवले पत्रकारहरूको ग्रुपमा सूचना सेयर गर्दै कृष्णपुर नगरपालिकाका मेयरले साउन १७ गते २ बजेका लागि होटल चेतनमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको हुँदा सबै पत्रकारहरूलाई निमन्त्रणा गरेको थियो।
उक्त कार्यक्रममा मेयर ओझाले कृष्णपुरको शिक्षा स्वास्थ्य डिजल पेट्रोलको चित्तल पालेको विषय लगायतका बारेमा विषयवस्तु राखेका थिए।
पत्रकारहरूले कृष्णपुर नगरपालिकाले अहिलेसम्म बजेट किन नल्याएको वडाहरूमा सिलिङ सम्म नपठाएको अवस्थामा कहिले बजेट ल्याउँछ । नगरपालिकालाई बजेट ल्याउन के समस्या आइलाग्यो अहिलेसम्म बजेट ल्याउन किन बाँकी हो भनेर प्रश्न राख्दा नगरका मेयर हेमराज ओझाले बजेट आइसक्यो वेबसाइटमा राखेका छौं बाँकी नबाँकी भन्ने कुरा हुन्छ ? भनेर भन्नुभयो ।
यस लगत्तै हामीले कृष्णपुर नगरपालिकाको वेबसाइट खोलेर हेर्यौँ त्यहाँ वर्ष ८२ / ८३ को बजेट देखिँदैन यसपछाडि नगरपालिकाका कर्मचारी स्रोतलाई सोधेर हामीले हेर्यौ बजेट देखेनौ मेयरले बजेट राखेका छौं भन्नुभएको छ। हामीले हेर्नमा केही फरक पार्यौ कि भनेर सोध्दा उहाँहरुले बजेट वेबसाइटमा राखि नसकेको विषय बताउनुभयो।
बजेट नै पास नभएको अवस्थामा पत्रकार सम्मेलनमा पत्रकारहरूलाई नै ठग्ने गरी मेयर ओझाले वेबसाइटमा बजेट राखी सकेका छौं भनेर किन ठगे होलान् यो सोचनीय विषय बनेको छ ?
उहाँले बोलेको भिडियो जस्ताको त्यस्तै तल हेर्न सक्नुहुन्छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया