सशस्त्र प्रहरी बल नेपाल स्थापनाको २३ वर्ष पुगेको छ। विशेष परिस्थितिमा २०५८ साल श्रावण १४ गते सरकारले सशस्त्र प्रहरी बल स्थापना गर्ने निर्णय गरेको थियो।
श्रावण १८ गतेबाट औपचारिक रूपमा कार्यक्रम गरेर स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल अहिले सीमा सुरक्षा लगायतका जिम्मेवारी लिएर अगाडि बढिरहेको छ। सीमा सुरक्षाको जिम्मा लिएपछि देशैभर ठाउँ ठाउँमा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति छ। हिमालदेखि तराईसम्म खोला जङ्गल नदी किनार जहाँ तहीँ जहाँ सीमा हुन्छ त्यहाँ सहस्त्र प्रहरीको उपस्थिति हुन्छ।
यसरी सीमामा उपस्थिति जनाएर सीमा सुरक्षा गर्नुपर्ने प्रहरी आफै तस्करी गराउनमा उद्दत भएको देखिँदै आएको छ। मुख्य गरी कञ्चनपुर क्षेत्रमा सशस्त्र प्रहरीका दुई दर्जन बढी युनिट सीमा क्षेत्रमा रहेका छन्। यी युनिटबाट सीमा सुरक्षाको गतिविधि अगाडि बढाइरहेको सहस्त्र प्रहरी बेलाबखत यति परिमाणमा सामग्री समात्यौँ भनेर सार्वजनिक गरिरहन्छ। तर मिलो मतोमा भने गुपचुप प्रहरीले सामान तस्करी गराइरहन्छ। यसको उदाहरणका रुपमा कञ्चनपुरको पश्चिमी नाकाबाट प्रहरीले तस्करी गराउँदै गरेको एउटा भिडियो फुटेज तल तपाईँहरूलाई देखाउनेछौं ।
सशस्त्र प्रहरीले चिनी समातेको हुन्छ उक्त चिनीलाई केही समय बार्गेनिङ गरे पछाडि महिलालाई बुझाइन्छ सशस्त्र प्रहरीहरू अगाडि बढ्छन्। ती महिलाले २० किलो चिनी रहेको भन्दै आफ्नो साधनमा रहेको अरु सामानसहित चिनी पनि लगेर गन्तव्यमा लाग्दछिन् ।
सशस्त्र प्रहरीले अवैध रूपमा ल्याएको सामान समात्नुपर्ने भएपनि उल्टै ती महिलाहरूलाई हस्तान्तरण गरेर अगाडि बढ्छन्। यसरी सहस्त्र प्रहरी तस्करी गराउनमा उद्दत भइरहेको पाइन्छ ।
सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्कालाई सम्पर्क गरेर तपाईँहरू तस्करी गराउनमा किन उद्दत हुनुहुन्छ भनेर सोध्दा उहाँले म यो नियन्त्रणको काममा लागिरहेको छु। यसको ठोस प्रमाण बनाएर दिनुहोस्, समाचार बनाउनु भन्दा पनि प्रमाण दिनुहोस् कारबाही गर्छु। कहिले मानवीय इरर हुन्छन् हामी यताउति तान्ने कामहरू गरिरहेका छौँ भन्नुभयो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया