Samriddhipost
२०८२ साउन १९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १९ गते सोमबार

अध्यक्ष बिष्ट नेतृत्वमा हटाइए वडाका सबै छाउगोठ

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० मा वडाभित्रका सम्पूर्ण छाउगोठ भत्काइएका छन्।
 
वडा अध्यक्ष रतन सिंह बिष्टका अनुसार वडाभित्र रहेका २३ वटा छाउगोठ भत्काइएका हुन्। वडा अध्यक्ष बिष्टले आफ्नो वडामा समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। वडा अध्यक्ष बिष्ट यस अभियानमा आफैँ सक्रिय रूपमा सहभागी भई घर(घर पुगेका थिए। उनले छाउगोठ भत्काउनुका साथै छाउगोठ प्रयोग नगर्नका लागि स्थानीय बासिन्दाहरूलाई जनचेतना फैलाएका थिए।
यस कार्यले समाजमा विद्यमान अन्धविश्वास र कुप्रथालाई हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। यस अभियानमा वडा अध्यक्ष बिष्टलाई वडाका स्वयंसेविकाहरूले पनि सक्रिय साथ दिएका थिए। त्यस्तै अभियानमा वडा अध्यक्ष बिष्टलाई नेपाल प्रहरी लगायत विभिन्न गैरसरकारी संस्थाहरूले समेत साथ दिएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गत असार ३० गते जिल्लाभर छाउगोठ भत्काउन निर्देशन दिएको थियो।
कृष्णपुर नगरपालिका वडा नम्बर १ निगाली टोलमा २८ वर्षीया कमला आउजी दमाईको सर्पको डसाइबाट छाउगोठमै मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले यो अभियान सुरु गर्न निर्देशन दिएको थियो। यसै निर्देशन अनुसार वेदकोट नगरपालिकाले पनि छाउगोठ भत्काउने कार्यलाई तीव्रता दिएको हो।
 
यस अभियानले छाउगोठ प्रयोग गर्ने परम्परालाई अन्त्य गर्न र महिलाहरूको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>