कञ्चनपुरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरिरमा घाउ चोट समेत देखिएकाले उनका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
भीमदत्त नगरपालिका–६ ऐठपुर महेन्द्रनगर माईती पक्षले सम्झनाको शंकास्पद मुत्यु भएको भन्दै छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।
मृतक सम्झनाका बाबु भोजराज भट्ट बिहे गरेपछि घर परिवारमा पटक पटक मानसिक तनाव दिने गरेको बताए । उनका अनुसार एक दिन अघि पनि ईप्रका बेलडाँडीमा सम्झना र उनका श्रीमान पवनलाई प्रहरीले सम्झाई बुझाई गरेको थियो ।
सम्झना आफ्नै घरमा झुण्डिएर मृत फेला परेपछि माईती पक्षले शरिरमा निलडाम, घाउचोट भएकाले मर्न बाध्य बनाएको आशंका गरेका छन । ‘बिहे भएपछि छोरीलाई पटक पटक मानसिक तनाव दुख दिने काम गर्दै आएका थिए, ‘उनले भने, ‘छोरीले घरमा पनि यस्तै भन्दै आएकी थिईन, शनिबारै घर आउन खोजेपछि क्याम्पमा सम्झनासंग एक हजार रुपैया नहुँदा घर फर्किइनन्, बिहानै पनि प्रहरीले आएर झै झगडा नगर्न सम्झाई बुझाई गरेर पठाएको थियो, तर पनि छोरी बाँचिनन् ।’ लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरमा कक्षा १२ मा अध्ययनरत छोरी गुमाएपछि भट्ट परिवार शोकमा डुबेको छ ।
सम्झनाकोे शव महाकाली अस्पतालमा राखिएको छ । घटना लगत्तै प्रहरीले सम्झनाका श्रीमान पवन भट्टलाई सोछपुछका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याएको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले घटना बारे अनुसन्धान भईरहेको बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया