विभिन्न धार्मिक तथा सामाजिक कर्मका लागि आवश्यक पर्ने दुना टपरी लगायत पातबाट बन्ने सामग्री कृष्णपुर वडा चारमा पाइने गरेको छ।
वडा कार्यालयले स्थानीयहरूलाई आयआर्जनमा जोड्नका लागि भवन लगायतका संरचनाहरू तयार गरेर राखेपछि निड्सकञ्चनपुरको सहयोगमा मेसिनहरू राखेपछि महिलाहरुले सोही भवनमा चौधरी दुना टपरी समूह सञ्चालन गरेका छन् ।
यो उद्योग सञ्चालन भएपछि स्थानीय आठजना महिलाहरूले स्वरोजगारी पाएका छन् भने स्थानीय सामुदायिक वनबाट उपलब्ध हुने पातहरू ले बजार समेत पाउने भएका छन्। वनमा त्यसै सुकेर झरेर खेर जाने पातहरु अब विभिन्न कार्यमा प्रयोग हुने भएका छन् ।
विभिन्न पूजापाठहरू विवाह व्रतबन्ध लगायतका सामाजिक धार्मिक कार्यहरू गर्दा दुना र टप्परीहरू आवश्यक पर्छन् यस्ता टपरीहरु हरियो पात जस्तो तुरुन्तै खराब पनि हुँदैनन् ।
यसरी लामो समय खराब नहुने भएपछि अहिले किनेर पछिसम्म प्रयोग गर्न सकिन्छ। यसकारण आफूलाई आवश्यक परे अनुसार किनेर ल्याउन सकिन्छ। यसरी स्थानीय उत्पादनलाई प्रयोग गर्नुभयो भने स्थानीय उद्योग चल्ने स्थानीयहरूले रोजगारी पाउन समेत सहयोग पुग्नेछ ।
दुना टपरी चाहिएमा कृष्णपुर न.पा.वडा नम्बर ४ को कार्यालय परिसरमा चौधरी दुना टपरी समूह ले दुना टपरी बनाई राखेको र तपाई लाई चाहिएकै साइजमा दुना टपरी बनाईदिने भएकाले सम्पर्क गर्नु होला ।। 9707300326, 9806458596
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया