महाकाली नदीमा पानीको सतह बढ्न थालेपछि बनबसा स्थित पुलमा सारदा सवारी साधन गुड्न बन्द गरिएको छ ।
सोमबार साँझ बहाव घटेपछि दिनभरी बन्द रहेको ठूला सवारी आवागमन खुल्ला गरिएको थियो । आज बिहानै देखि महाकालीमा पानीको सतह बढेकाले फेरि ब्यारेजमा चारपांग्रे सवारीसाधन चल्न रोक लगाइएको हो ।
महाकाली नदीको बहाव एक लाख क्यूसेक पुग्नासाथ उक्त ब्यारेजमा ठूला सवारीसाधन गुड्न बन्द गरिदै आएको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा बिहानै देखि लगातार पानीको सतह बढ्दै गएको छ ।
भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत आयोजनाको ड्यामका ढोका खोलिएको हुँदा महाकालीमा बहाव बढ्दै गएको हो । भोलिसम्म नै बहाव बढ्ने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार दार्चुलाको दत्तुमा पानीको बहाव सतर्कताको बिन्दु नजिक पुग्न थालेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया