कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित बनरा पुल नजिकै पूर्व पश्चिम राजमार्गमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुपप्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिँदा चालक गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक राम बहादुर चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घाइते चालक शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ पीताम्बर निवासी ४४ वर्षीय गजेन्द्र बहादुर कुँवरको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मङ्गलबार साँझ मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया