Samriddhipost
२०८२ साउन ३० गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २२ गते बिहिबार

बलात्कारका घटना सुदूरपश्चिम प्रदेशमा कहाँ कति घटे, तीन वर्षमा ५ सय बढि घटना

विगत तीन वर्षमा सुदूरपश्चिममा पाँच सय ७९ महिला जबरजस्ती करणीमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८१ /०८२ मा एक सय ८४ महिला बलत्कृत भएका छन् । यस्तै आर्थिक वर्ष ०८०र०८१ मा दुई सय चार र ०७९र०८० मा एक सय एक सय ९१ जना बलत्कृत भएका छन् ।

 

प्रहरीका अनुसार कैलाली जिल्लामा मात्रै दुई सय ६१ जबरजस्ती करणीका घटना भएका हुन् । जिल्ला गत आर्थिक वर्षमा कैलालीमा ८९ जबरजस्तीका घटना भएका थिए । यस्तै, आर्थिक वर्ष ०८०र०८१ मा ८३ र ०८१र०८२ मा ८९ घटनाहरु भएका छन् । कञ्चनपुरमा तीन वर्षको अवधिमा एक सय १६ घटना भएका छन् । यस जिल्लामा गत आर्थिक वर्षमा ३५ बलात्कारका घटना भएका छन् । यस्तै, आर्थिक वर्ष ०७९र०८० मा ४० र ०८०र०८१ मा ४१ घटना भएको प्रदेश प्रहरी कार्यालयले उपलव्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

 

तीन वर्षको अवधीमा सुदूरपश्चिममा सात पहाडी जिल्लाहरुमध्ये बैतडीमा सवैभन्दा बढी बलात्कारका घटनाहरु भएका छन् । यस जिल्लामा यो अवधीमा ४५ महिला बलत्कृत भएको प्रहरीको तथ्याङ्क छ । बैतडीमा ०७९र०८० मा १४, ०८०र०८१ मा २२ र ०८१र०८२ मा नौ घटना भएका छन् । यस अवधिमा बझाङमा ३३ बलात्कारका घटनाहरु भएका छन् । आर्थिक वर्ष ०७९र०८० मा १०, ०८०र०८१ मा ११ र ०८१र०८२ मा १२ बलात्कारका घटनाहरु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, बाजुरा जिल्लामा आर्थिक वर्ष ०७९र०८० मा ११, ०८०र०८१ मा १० र ०८१र०८२ मा १० गरी तीन वर्षको अवधीमा ३१ घटनाहरु भएका छन् ।

 

प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अछाममा आर्थिक वर्ष ०७९र०८० मा नौ, ०८०र०८१ मा ११ र ०८१र०८२ मा ८ गरी २९ बलात्कारका घटनाहरु भएका छन् । डोटीमा यस अवधिमा बलात्कारका २५ घटना भएका छन् । आर्थिक वर्ष ०७९र०८० मा आठ, ०८०र०८१ मा आठ र ०८१र०८२ मा नौ बलात्कारका घटना भएका छन् ।

 

डडेल्धुरामा आर्थिक वर्ष ०७९र०८० मा तीन, ०८०र०८१ मा १० र ०८१र०८२ मा आठ गरी २१ घटनाहरु भएका छन् । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाहरुमध्ये तीन बर्षको अवधीमा दार्चुला जिल्लामा सवैभन्दा कम १८ घटना भएका छन् । प्रहरीका अनुसार यस जिल्लामा आर्थिक वर्ष ०७९र०८० मा सात, ०८०र०८१ मा सात र ०८१र०८२ मा चार घटनाहरु भएका छन् । प्रहरीको तथ्याङ्क हेर्दा विगत दुई वर्षको तुलनामा गत आर्थिक वर्षमा बलात्कारका घटनामा थोरै कमी आएको देखिएको भएपनि घटनाको संख्या हेर्दा डरलाग्दो अवस्था छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>