Samriddhipost
२०८२ साउन ३० गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २२ गते बिहिबार

माओवादीका छोराछोरी सरकारी स्कुलमा पढ्नुपर्ने विदेश जान नपाउने : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै नेताका छोराछोरी स्वदेशकै सार्वजनिक विद्यालयमा पढ्नुपर्ने गरी पार्टीले निर्णय गर्ने तयारी गरेको बताएका छन् ।  बिहीबार काठमाडौँ अखिल क्रान्तिकारीले गरेको शैक्षिक संवादमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टीले यस्तो निर्णय गर्ने तयारी भइरहेको बताएका हुन् । 

उनले आफ्नो पार्टीका सबै स्थानीय सरकार प्रमुखका छोराछोरी सार्वजनिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय कार्यान्वयन भैसकेको र अब चाँडै केन्द्रीय नेताका छोराछोरीका हकमा पनि सार्वजनिक स्कुल क्याम्पस र विदेश जान नपाउने गरी निर्णय गर्ने तयारी भएको बताएका हुन् । 

‘म पार्टीको सबैभन्दा ठुलो अध्यक्ष । मेरा छोराछोरी विदेश पढ्न गएका छैनन् । अहिले पनि हामीले पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने, विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर हामी गइरहेका छौँ’, प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>