बाजुराको बडिमालिका मन्दिर बाट दर्शन गरेर फर्कने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । पुर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले वताएका छन् ।
बडिमालिका मन्दिर बाट १ घण्टाको दुरिमा तल झर्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनि ७ सय मिटर तल खोचमा खसेका छन् । प्रहरीले खोच बाट शव निकाल्ने लागेको जनाएको छ ।
विप्लब ओझाको हाल गोकर्णश्वर ५ काठामाडौ बस्ने गरेका छन् । उनि राति नै बडिमालिका बाट फर्केको हुन सक्ने प्रहरीले जनाएको छ । राति हिडेका कारणले भिरमा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बिहान साढे ८ बजे मात्र उनि लडेर मृत्यु भएको प्रहरीले जानकारी गरेको छ ।
बडिमालिकामा आज पुजा लागि रहेको छ । शक्तिपिठका रुपमा रहको बडिमालिकामा यस बर्ष साउन २३ गते अर्थात आज पुजा लागि रहेको छ । त्यस्तै बुढिनन्दामा पुजा शुरु भएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया