Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २४ गते शनिबार

बेदकोट १०  धान बालीमा हात्तीले क्षति गर्यो। गत वर्ष यस्तै क्षति गर्ने दुई हत्तिले ज्यान गुमाएका थिए।

बेदकोट नगरपालिका वडा नम्बर १० चथरीमा जङ्गली हात्तीको बथानले शुक्रबार स्थानीय आठ किसानको दुई बिघा खेतमा लगाइएको धानबालीमा क्षति पुर्‍याएको छ ।
वडाध्यक्ष रतन विष्टका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले धानबालीमा क्षति पुर्‍याएका हुन् । स्थानीय रमिला रानाको १० कठ्ठा, मिना रानाको १० कठ्ठा, सीतादेवी कठायतको पाँच कठ्ठा, पुरन चुनारा, रूपया चुनारा, सुर आग्रिर राम चुनाराको गरी १० कठ्ठा जग्गाको धानबालीमा नोक्सानी पुर्‍याएको उनको भनाइ छ । 
यसबारे प्रहरीलाई जानकारी गराइ सकिएको वडाध्यक्ष विष्टले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार अस्थायी प्रहरी पोष्ट दैजीबाट तीन जनाको प्रहरीको टोलीलाई हात्ती प्रभावित क्षेत्रमा पठाइएको छ । 

गत वर्ष हात्तीहरूले खेतीबाली घर पशु चौपाया लगायतमा क्षति गरेका थिए भने मानिसहरूले करेन्ट लगाएर दुईवटा हात्तीको ज्यान लिएका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>