एक जनाको ज्यान जाने गरी कैदीबन्दीबीच झडप भएपछि कैलाली कारागारका जेलर फेरिएका छन् ।
झडपका बेला जेलर रहेका बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको छ । भुसालले शनिबारबाटै कार्यभार सम्हालेका छन् ।
शुक्रबार मध्यराति भएको झडपमा एक जनाको ज्यान गएको थियो भने झडपको क्रममा ४७ जना घाइते भएका थिए ।
शनिबार नै सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भएको छ ।
शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।
घाइतेहरूको उपचार भइरहेको छ ।
एक जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया