Samriddhipost
२०८२ साउन ३० गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २५ गते आइतबार

दर्जनाै ब्याक्तिकाे सहयाेगमा महाकाली माबिमा वृक्षारोपण

हेमा भट्ट-

कृष्णपुर नगरपालिका-६ स्थित महाकाली माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न  भएकाे छ। विद्यालय परिसरलाई हरियालीले भरिपूर्ण बनाउन र वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा सहयोगी दाताहरूले आर्थिक सहयोग प्रदान गरेका थिए।

कार्यक्रमको शुभारम्भ पुर्व अध्यक्ष जाेगराज चौधरीले गर्नु भयो। कार्यक्रममा पूर्व वडा अध्यक्ष नथुराम चौधरी, वडा सदस्य आसपती देवी राज वंशी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको समेत उपस्थिती रह्यो। उपस्थित सबैले वृक्षारोपणको महत्व र यसको दीगो संरक्षणका लागि सचेतना जगाउने विषयमा विशेष जोड दिएका थिए।

कार्यक्रममा सहभागीहरूले विभिन्न प्रजातिका वृक्षहरू विद्यालय परिसरमा रोपेका थिए जसले विद्यालयको वातावरणलाई स्वच्छ, हराभरा र स्वास्थ्यकर बनाउने विश्वास व्यक्त गरिएको छ। साथै, विद्यार्थीहरूलाई पनि प्रकृतिप्रति संवेदनशील बनाउँदै दीगो वन व्यवस्थापन र वातावरण संरक्षणमा सक्रिय भूमिका खेल्न प्रोत्साहित गरियो।

आर्थिक सहयोग गर्ने व्यक्तिहरू यस प्रकार थिए:
धर्म सिंह ऐर (रु.१५००), जित स. करायाकङगहुवा (रु.१०००), राजेन्द्र भट्ट (रु.५००), भुवन चौधरी (रु.५००), लिला भट्ट (रु.५००), देवकी भट्ट (रु.३००), फिर बहादुर चौधरी (रु.५००), सरोज जोशी (रु.५००), मनिषा मल्ल (रु.३००), विनाराज वंशी (रु.५००), शर्मिला चौधरी (रु.३००), जीवन चौधरी (रु.५००), तारणी भट्ट (रु.५००), पुष्प राज भण्डारी (रु.५००), टीका कुमारी चौधरी (रु.५००), लक्ष्मी भट्ट (रु.५००), सीमा चौधरी (रु.३००), कलावती भण्डारी (रु.५००), मन्जु भट्ट (रु.३००), पदमा देवी जोशी (रु.२००), जानुक आचार्य (रु.५००), ममता जोशी (रु.५००), सोव लाल चौधरी (रु.१०००), राकेश चौधरी (रु.१९००), रामजी चौधरी (रु.१०००)।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सहयोगी दाताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै भने, “हाम्रो विद्यालयको वातावरण संरक्षणमा योगदान पुर्‍याउने यो पहल अत्यन्तै महत्त्वपूर्ण छ। यसले विद्यार्थीहरूलाई स्वच्छ र स्वस्थ वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नेछ।”

वृक्षारोपण कार्यक्रमले विद्यालय परिसरलाई सुन्दर मात्र नभई वातावरणीय दृष्टिले पनि समृद्ध बनाउने अपेक्षा गरिएको छ। सहभागी सबैले वृक्ष संरक्षणमा निरन्तरता र सक्रियता आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>