Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २६ गते सोमबार

बैंकको २ करोड ८४ लाख ७६ हजार ७ सय २ रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालिन शाखा प्रबन्धक सागर शाही, कर्मचारी निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्तलाई पक्राउ गरिएको हो।

महालक्ष्मी विकास बैंकको जाहेरी र कागजपत्रका अधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए। ‘गैरकानूनी तरिकाबाट भुक्तानी लिई बैंकलाई हानीनोक्सानी पुगाएको महालक्ष्मी विकास बैंकको जाहेरीका आधारमा उनीहरुलाई साउन २४ गते पक्राउ गरेका हौं,’ उनले भने।

उनीहरुबिरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गरि जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दाहालले बताए। महालक्ष्मी विकास बैंकको रकम अपचलन भएको पाइएपछि बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो।

बैंक केन्द्रीय कार्यालयको टोलीले गरेको प्रारम्भिक अनुसन्धानबाट कर्मचारीहरुले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको रकम लगाएको पाइएको थियो। मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले चारै जना कर्मचारीलाई निलम्बन गरेको छ।

उनीहरुले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको पाइएको छ। हाल बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ। उक्त बैंकको कामकाज आजदेखि निरन्तर रूपमा चलेको शाखा प्रबन्धक जोशीले जानकारी दिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>