Samriddhipost
२०८२ साउन २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २६ गते सोमबार

जेठारा नेतृत्वमा हरियाली सामुदीक वनले पायो राष्ट्रिय पुरस्कार

 नरेन्द्र  महरा -

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भू–संरक्षण विभाग, बबरमहल, काठमाडौंले प्रदान गर्ने “गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार” यस वर्ष कृष्णपुर नगरपालिकामा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले प्राप्त गर्न सफल भएको छ।

यो पुरस्कार देशभरका करिब ३० हजार सामुदायिक वनहरूमध्ये उत्कृष्ट वन व्यवस्थापन, संरक्षण तथा दिगो उपयोगका आधारमा छनोट गरी प्रदान गरिन्छ। यस वर्षको प्रतिस्पर्धात्मक छनोटमा हरियाली सामुदायिक वनले अग्रस्थान हासिल गर्दै राष्ट्रिय स्तरमा प्रतिष्ठित पुरस्कार आफ्नो नाममा लेखाउन सफल भएको हो।

यस उपलब्धिमा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, सल्लाहकार, समूहका सदस्य, सामुदायिक वनका कर्मचारी, सरकारी वनकर्मी तथा संरक्षणमा सक्रिय सम्पूर्ण व्यक्तिहरूको निरन्तर प्रयास र समर्पणको प्रशंसा गरिएको छ।

समूहका अध्यक्ष नित्यानन्द जेठाराको नेतृत्वमा वन संरक्षण, पुनःरोपण, वन्यजन्तु संरक्षण तथा समुदायको आर्थिक–सामाजिक उत्थानका विभिन्न कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन्। पुरस्कारप्राप्तिको अवसरमा अध्यक्ष जेठाराले भने, “यो सफलता सम्पूर्ण उपभोक्ताको सामूहिक प्रयासको नतिजा हो। हामी आगामी दिनमा अझ दिगो वन व्यवस्थापन र वातावरण संरक्षणतर्फ अघि बढ्नेछौँ।”

सामुदायिक वनको यस ऐतिहासिक उपलब्धिले स्थानीय तथा राष्ट्रिय स्तरमा उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गरिएको छ। पुरस्कार ग्रहण गर्ने कार्यक्रममा वनका अध्यक्ष जेठारा सहित डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुर, कृष्णपुर नगरपालिका वडा ४ का वडा अध्यक्ष धर्मबहादुर सिंह सहितको उपस्थित रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>