नरेन्द्र महरा -
कृष्णपुर नगरपालिका वडा नं. ३ को भवन निर्माण गर्न शिलान्यास गरिएको छ। सोमबार कृष्णपुर नगरपालिका वडा ३ का अध्यक्ष खेम चौधरी नगरपालिकाका प्रमुख हेमराज ओझा, स्थानीय समाजसेवी बलराम पन्त लगायतको उपस्थितिमा भवन शिलान्यास गरिएको हो।
७१ लाख ५० हजार २ सय ४ रुपैयाँ २८ पैसा लागतमा निर्माण हुन लागेको प्रशासनिक भवनको नगर प्रमुख हेमराज ओझाले शिलान्यास गर्दै भवन समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुने आशा व्यक्त गरे।
वडाध्यक्ष चौधरीले वडा क्षेत्रमा आधारभूत पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको उल्लेख गर्दै, यो भवन स्थानीय प्रशासनिक कार्यको केन्द्र बन्ने र जनताको सेवा सुविधामा टेवा पुर्याउने बताए। भवन निर्माण कार्य श्रीषा एण्ड समायारा कन्स्ट्रक्सन प्रा.लि, गोदावरी–१ अत्तरिया, कैलालीले ठेक्का नं. ३०–WoB–२०८१/८२ अन्तर्गत २०८२ चैत्र ३० गते सम्पन्न गर्नुपर्ने सम्झौता रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया