बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमैं मृत्यु भएपछि चालक र सवार अर्का व्यक्ति फरार भएका छन् ।
स्वामिकार्तिक खापर गाउँपालिकामा आज दिउँसो भएको दुर्घटनामा ट्याक्टरमा सवार स्वामिकार्तिक खापर–१, बर्कु निवासी २७ वर्षीय पदम बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक र अर्का एक यात्रु फरार भएका छन् । चालकसँगै अर्का यात्री पनि फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्वामिकार्तिक खापर गाउँपालिका–१, बर्कु स्थित पिलुचौर–साप्पाटा भित्री कच्ची सडक खण्डमा उक्त दुर्घटना भएको हो ।
जोरु भन्ने स्थानबाट स्याउ बोकेर पिलुचौरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब तीन सय ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा स्वामीकार्तिक खापर–३, जुकु बस्ने अन्दाजी ३५ वर्षीय लोकेन्द्र रोकाया घाइते भएका छन् । उनको कान र ढाडमा चोट लागेको र हाल बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
ट्याक्टर चालक, स्वामिकार्तिक खापर–४, छापु बस्ने अन्दाजी २४ वर्षीय रवीन्द्र नाथ र अर्का एक नाम थर नखुलेका यात्रु फरार भएका छन् ।
फरार रहेका चालक र अर्का एक यात्रुको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया