Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन २८ गते बुधबार

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु सँगै रहेका व्यक्ति फरार

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमैं मृत्यु भएपछि चालक र सवार अर्का व्यक्ति फरार भएका छन् ।

स्वामिकार्तिक खापर गाउँपालिकामा आज दिउँसो भएको दुर्घटनामा ट्याक्टरमा सवार स्वामिकार्तिक खापर–१, बर्कु निवासी २७ वर्षीय पदम बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टर चालक र अर्का एक यात्रु फरार भएका छन् । चालकसँगै अर्का यात्री पनि फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्वामिकार्तिक खापर गाउँपालिका–१, बर्कु स्थित पिलुचौर–साप्पाटा भित्री कच्ची सडक खण्डमा उक्त दुर्घटना भएको हो ।

जोरु भन्ने स्थानबाट स्याउ बोकेर पिलुचौरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब तीन सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा स्वामीकार्तिक खापर–३, जुकु बस्ने अन्दाजी ३५ वर्षीय लोकेन्द्र रोकाया घाइते भएका छन् । उनको कान र ढाडमा चोट लागेको र हाल बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

ट्याक्टर चालक, स्वामिकार्तिक खापर–४, छापु बस्ने अन्दाजी २४ वर्षीय रवीन्द्र नाथ र अर्का एक नाम थर नखुलेका यात्रु फरार भएका छन् ।

फरार रहेका चालक र अर्का एक यात्रुको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>