कञ्चनपुर जिल्लामा अवस्थित विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको साझा संगठन बैंकर्स क्लब महेन्द्रनगर को पुनर्गठन गरि एघार सदस्यीय नयाँ कार्यसमिति चुनिएको छ। उक्त कार्यसमितिको अध्यक्षमा नबिल बैंकका शाखा प्रबन्धक तपेन्द्र कुँवर, उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धक भुवन भट्ट र सानिमा बैंकका शाखा प्रबन्धक दिनेश सिंह कठायत रहेका छन् भने कोषाध्यक्षमा नेपाल बैंकका शाखा प्रबन्धक झविन्द्र अधिकारी, सचिव पदमा मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक तिर्थ राज पाण्डेय र सहसचिवमा शाइन रेसुङ्गा विकास बैंक का शाखा प्रबन्धक वासुदेव पन्त रहेका छन्।सदस्यहरूमा वीरेन्द्र सिंह कार्की – शाखा प्रबन्धक, सिद्घार्थ बैंक लिमिटेड,खेम राज उपाध्याय – शाखा प्रबन्धक, एनएमबि बैंक लिमिटेड, पुष्कर कुँवर – शाखा प्रबन्धक, प्राइम बैंक लिमिटेड, शंकर दत्त जोशी – शाखा प्रबन्धक, सिटिजन बैंक इन्टरनेसनल लिमिटेड र पवित्रा भट्ट – शाखा प्रबन्धक, लुम्बिनी विकास बैंक लिमिटेड रहेका छन्।
यस क्लबले बैंकिङ क्षेत्रका कर्मचारीहरुको सशक्तीकरण, आपसी समन्वय, व्यावसायिक विकास तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
उक्त क्लबले चार सदस्यीय एउटा सल्लाहकार समिति पनि चयन गरेको छ। उक्त समितिमा
सुशील बहादुर सिंह – सिनियर एरिया म्यानेजर, एनएमबि बैंक लिमिटेड कर्ण देव जोशी – शाखा प्रबन्धक, राष्ट्रिय वाणिज्य बैंक, महेन्द्रनगर, योगेश कुमार भट्ट – शाखा प्रबन्धक, लक्ष्मी सनराइज बैंक लिमिटेड र तेजेन्द्र बहादुर के.सी – शाखा प्रबन्धक, एभरेस्ट वाणिज्य बैंक, महेन्द्रनगर रहेका छन्।
नवगठित कार्यसमितिले बैंकिङ क्षेत्रको समन्वयात्मक विकास, वित्तीय साक्षरता, तालिम, सामाजिक गतिविधिहरू र पेशागत सम्बन्ध विस्तारमा ध्यान केन्द्रित गर्दै नियमित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया