लगातारको बर्षाको कारण दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा एक घर भत्किएको छ ।
बुधबार राती देखि भइरहेको बर्षाको कारण नगरपालिकाको वडा नम्बर ८ सिमखेत (मट्यौला) का स्थानीय तोयराज जोशीको २ तले पक्की घर भत्किएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी सहायक निरीक्षक गोपाल द्वालले जानकारी दिनुभयो ।
गत बैशाखमा मात्रै निमार्ण सम्पन्न भएको २ तले ४ कोठाको पक्की घरको भित्ताहरु भत्किएको घरधनी जोशीले बताउनुभयो । विहिबार विहान ८ बजेको समयमा घरको पछाडी बाट जमिन भासिए पछि पुर्ण रुपमा घर भत्किएको उहाँले बताउनुभयो ।
प्रहरी र स्थानीयको सहयोगमा घरमा भएको सामान र बाख्रा लगायत पाल्तु जनावरलाई सुरक्षीत स्थानमा सारेको प्रहरी सहायक निरीक्षक द्वालले बताउनुभयो ।
३ महिना अगाडी मात्रै निर्माण सम्पन्न भएको नयाँ घर भत्किएपछी अहिले जोशी परिवार छिमेकीको घरमा बसेको उहाँले बताउनुभयो । घर भत्किए पछि समस्यामा परेका जोशीले राहात तथा पुनः निर्माणको लागि अनुरोध गर्नुभएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया