जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतीय ट्याक्सीलाई नेपाल प्रवेशमा रोक लगाएपछि भारतीय ट्याक्सी युनियन बिरोधमा उत्रिएको छ ।
नेपालतर्फ भारतीय नम्बर प्लेटका ट्याक्सी आउँन स्थानीय प्रशासनले रोक लगाएको बिरोधमा भारतको बनबासास्थित ट्याक्सी युनियनले शनिबार बिहान नेपाल–भारत नाकामा रहेको सारदा ब्यारेज पारी करिब आधा घण्टा प्रदर्शन गरेका हुन ।
बषैंदेखी निर्वाद रुपमा चल्दै आएको सवारी आवगमन केही ब्यक्ति र समुहको स्वार्थमा स्थानीय प्रशासनले निषेध गरेको भन्दै तत्काल निर्णय सच्याउन उनीहरुले आग्रह गरेका छन ।
ट्याक्सी युनियनका नेताहरुले नेपाल–भारतका नागरीकको रोटीबेटीको सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सिमा सुरक्षाका हिसाबले आफुहरु पनि सहजक रहेको बताए । तर, यसरी भारतीय पहेलो प्लेटका गाडीलाई अनाश्वक तारो बनाईनु गलत भएको युनियनका पदाधिकारीको भनाई छ ।
उनीहरुले भारतीय ट्याक्सीलाई नेपालमा यात्रु बोक्न लगाएको रोक नहटाए नेपाल–भारत मैत्री बस सेवा समेत चल्न नदिने बताएका छन ।
गड्डाचौकी भन्सारले दिएको अनुमति बिपरित भारतीय ट्याक्सी महेन्द्रनगर लगायताका क्षेत्रमा गुड्ने गरेको र यहाँको यातायात क्षेत्रलाई प्रभावित गर्ने गरेको गुनासोका आधारमा त्यस्ता भारतीय ट्याक्सीलाई मात्र प्रतिबन्ध गर्न खोजिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले समयसीमासंग बताए ।
बर्षमा ४० दिन मात्र भारतीय नम्बरका सवारी नेपाल प्रबेश गर्न पाउने नियम उल्लघंन गरिदै आएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।
उनले ब्यवाहिक्तासंगै नियम कानून पनि पालन गर्नु जरुरी छ, सीमा क्षेत्र भएकाले सुरक्षा चुनौती पनि हुन्छ । केहिदिनमा यो समस्या समाधान हुने उनको भनाई थियो ।
बिगत लामो समयदेखी नेपाल–भारत सीमाको ७ नम्बर पिलर वारी नेपाली भु भागमा भारतीय र नेपाली सवारीसाधनको जक्सन बनाईएको छ । त्यहीबाट नेपालतर्फ र भारतका बिभिन्न शहर जाने यात्रुलाई ट्याक्सी, अटोरिक्सा लगायतका सवारीसाधन पाईन्छ ।
गड्डाचौकीस्थित नेपाल–भारत सिमानाकाबाट करिब ६ किलो मटिरको दुरीमा कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार रहेको छ, भने सोही दुरीमा भारतको बनबासा बजार पर्छ ।
केहिदिन अघि जिल्ला प्रशासन र यातायात ब्यवसायी समितीको बैठकले भारतीय नम्बर प्यलेटका ट्याक्सीले यात्रु ओसारपसार गर्ने नपाउने लगायतका निर्णय गरेको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया