Samriddhipost
२०८२ भदौ ०२ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ०२ गते सोमबार

कंचनपुरमा पानिमा डुवेर अकालमा ज्यान जाँदै, सचेतनाका प्रयास शुन्य ।
साङ्केतिक तस्बिर

कंचनपुरमा पानिमा डुवेर ज्यान गुमाउने क्रम राेकिएकाे छैन । खाेज तलासमा सरकारकाे ठुलाे लगानी लाग्छ तर सचेतनाका काम प्राय शून्य छन ।

नदीखोला नालामा डुबेर नागरिकले अकालमै ज्यान गुमाईरहेका छन । १६सय १० बर्ग किलोमिटर क्षेत्रफलमा रहेको झण्डै ५लाख जनसंख्या भएको कञ्चनपुरमा कुनैपनि नागरिक नागरिकको घर जान र घरदेखि अन्यन्त्र जान ठुला नदीखोला तर्नुपर्ने बाध्यता छैन, विकल्प

छन । तर पनि नागरिक पौडीखेल्न, माछा मार्न, नुहाउन, मनोरन्जन गर्नका लागि तालतलैया, पोखरी, खोला नदीनालाहरुमा गएर डुबेर अकालमै ज्यान गुमाउन बाध्य भएको छ।

माछा मार्ने क्रममा २३ असार ०८१ बेलडाँडी गाँउपालिका ३ वैवाहका २३ बर्षिया डम्बर चौधरी चौधरी नदीमा वेपत्ता भएका थिए । २३ असार ०८१ असार कृष्णपुर नगरपालिका १पहरीयाका ७ महिने नवराज शिशु सोनु धानुक

आमासंगै सुतेको अवस्थामा घरभित्रै वाढी परेर मरेका थिए।

गत वर्ष २४ असार ०८१ मा पुनर्वास नगरपालिका ५ (गाँउ) का तीन बालिका गाँउ घर नजिकै रहेको तालमा टिकटक बनाउन जाँदा डुबेर लक्ष्मी बोगटी, सृजना बोगटी र आरती बोगटीको मृत्यु भयो । २३साउन ०८१मा शुक्लाफाँटा नगरपालिका ४आसपुरी माछा पोखरीमा नुहाउने क्रममा १३ बर्षिया विपना चुनाराको मृत्यु भयो। २९ भदौं ०८१मा भीमदत्त नगरपालिका १२ऐरीका १८ बर्षिया सौरव नेपाली र १७ बर्षिया अभि नेपाली महाकाली नदीमा दाउरा निकाल्ने क्रममा वेपत्ता भएका थिए सोही दिन बेदकोट ३ दैजीकी १३ बर्षिया लक्ष्मी भुलको चौधर नदीमा नुहाउनेक्रममा मृत्यु भयो ।

गत २० जेठ ०८२मा भीमदत्त नगरपालिका ८ तिलाचौरकी डेढ बर्षिया बालिका बाल्टिनमा डुबेर मृत्यु भएको थियो। २५ साउन ०८२मा एकै घरमा चार बालबालिका नुहाउन गएका बेला भीमदत्त नगरपालिका ११भुजेलाकी ६ बर्षिया जिविका पन्त र ७ बर्षिया सानबी पन्त महाकाली नदीमा वेपत्ता भएका छन । उनीहरुको छ दिनदेखि स्थानीय सहित

सुरक्षाकर्मीले निरन्तर खोजी कार्य जारी राखेका छन । तर, भेटाएका छैनन । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले वेपत्ता नाबालिकाहरुको खोजिकार्य निरन्तर जारी रहेको बताए। जिल्लाका संचार माध्यममा आएका समाचारका आधारमै पनि निरन्तर डुबेर मर्नेहरुको संख्या जारी रहेको छ । तथ्याङ्क अनुसार कञ्चनपुरमा आव ०८०/०८१ मा १४, आव ०८१/०८२ मा १५ र चालु आव ०८२/०८२ मा ४ मानिसले नदीखोला नालामा बगेर वेपत्तादेखि ज्यान गुमाएका छन। यसरी बर्षनी कञ्चनपुरमा नदीखोला नालामा वेपत्ता भएर ज्यान गुमाउनेहरुको संख्या बढिरहेका बेला रोकथामका लागि तीनै तहका सरकारले योजना ल्याउन सकेको छैन । मानिस नदीमा वेपत्ता भएपछि खोजतालसमा गरिने खर्च त्यस अघि नै सचेतना गराएर अघि बढ्नुपर्ने सुझाव आएको छ। कञ्चनपुरकी महिला अगुवा भगवती थापाले नदीनाला खोलामा डुबेर मृत्यु, वेपत्ता घटना रोक्नका लागि सरोकारवाला निकायले बालबालिका एवं अभिभावक सचेतना कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिन्छिन। डुबेर वेपत्ता अवागै समाजिक सचेतना होसियारी

आवश्यक रहेको उनको भनाई छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>