पुर्नस्थापानाको माग अघि सारेर आन्दोलनमा रहेका कञ्चनपुरका आरक्षपीडितको आन्दोलनमा वाईसियलले ऐक्यबद्धता जाहेर गरेको छ । नेकपा माओवादी केन्द्रकाे युवाँ संगठन वाईसियल नेपालले आन्दोलनरत कञ्चनपुरका आरक्षपीडितको आन्दोलनमा वाईसियलले ऐक्यबद्धता जाहेर गरेको हो ।
सोमबार कृष्णपुर नगरपालिका २वाणीमा दुई सातादेखि अनसनमा बसेका पीडितलाई भेटेरै ऐक्यबद्धता जनाएकोे वाईसियल नेपाल कञ्चनपुरले जनाएको छ ।
वाईसियल कञ्चनपुरका ईन्चार्ज तिलक जप्रेलले वाईसियल केन्दीय उपाध्यक्ष समेत रहेका माओवादी नेता नवराज ऐर सहितका जिल्लाका वाईसियल नेता कार्यकर्ताहरुले पीडितहरुलाई भेटेरै संघर्षमा ऐक्यबद्धता जनाएको बताए । ‘वाईसियल केन्द्रीय उपाध्यक्ष नवराज ऐर सहितका हाम्रा नेता कार्यकर्ताहरुले अनसनरत पीडितलाई भेटेरै मागप्रति वाईसियल र पाटीको साथ सर्मथन ऐक्यबद्धता रहेको जनाएका छौँ, ‘उनले भने, ‘पीडितको न्यायका लागि संगठन र पाटीका तर्फबाट पूर्ण सहयोग गछौँ ।’ साथै आन्दोलनरत पीडितलाई वाईसियलले शुद्ध खानेपानी समेत वितरण गरेका छन ।
वाईसियल उपाध्यक्ष तथा कृष्णपुर २ का वडा अध्यक्ष अर्जुन सिह साउदले यश पुर्व नगरकाे नेतृत्व गर्दै पिडितहरुलाई भेटघाट र सम्पर्क गरिरहेका छन ।
वाईसियलले भोकभोकै आमरण अनसनमा बसेका आरक्षपीडितको मानव अधिकारका साथै संकटकालको मौका छोपेर तत्तकालिन सरकारले विस्थापित गरेको भन्दै पुर्नस्थापना गर्न माग अघि सारेको छ । ०५८ सालमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा जिल्लाका विभिन्न गाँउबस्तीबाट विस्थापित पीडितको हालसम्म पुर्नस्थापना नहुँदा उनीहरु खुला आकासमुनी नारकीय जिवन विताउन विवश छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया