नरेन्द्र महरा -
कृष्णपुर नगरपालिका वडा २ ले छाउगोठ भत्काउने अभियान निरन्तर चलाइरहेको छ। कृष्णपुर नगरपालिकाभित्र महिलाहरूले महिनावारीका समयमा घरभन्दा बाहिर सानो कच्ची झुप्रो बनाएर अलग्गै बस्ने जसलाई छाउगोठका नामले परिचित गराइएको छ मा बस्ने र सर्पदंशको सिकार भई ज्यानसमेत गुमाउनुपर्ने अवस्था रहेको ।
यसबाहेक बेलाबखत विभिन्न हिंसा लगायतका समस्या समेत पर्न सक्ने, सामाजिक शारीरिक मानसिक लगायतका समस्यासमेत खेप्नुपर्ने अवस्था आएपछि कृष्णपुर नगरपालिकाले यस्ता गोठहरू हटाउने भत्काउने अभियान चलाएको थियो।
कृष्णपुर-२ मा जनप्रतिनिधिहरू आफैले छाउगोठ खोजप्रताल गर्दै महिनावारी हुदा घरदेखि अलगै छाउगोठ हटाउन वडा सदस्य राजेन्द्र सिंहले मङ्गलबार छाउगोठ भत्काउन सुझाव दिएका छन्। अर्को चोटि अनुगमन गरिदा पुन: गोठ यथावत भेटिए कानुन बमोजिम कार्वाही हुने समेत वडा सदस्य सिहले जानकारी गराएका छन्। केहि समयअघि मात्रै कृष्णपुर-१ मा छाउगोठमा बस्दा सर्पले टोकेर एकजना महिलाको ज्यान गएपछि स्थानीय सरकार, युवा क्लब, प्रहरी र सरोकारवाला हरुले अहिले छाउगोठ भत्काउने अभियानलाई व्यापकता दिएका छन्।
पछिल्लो समय कृष्णपुर-१ र २ मा छाउगोठ भत्काउने अभियान तीब्र चलिरहेको छ। यस्ता छाउगोठ भत्काउने क्रममा गोठहरूमा विषालु सर्पसमेत फेला परिरहेका छन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया