Samriddhipost
२०८२ भदौ ०४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ०४ गते बुधबार

मणिलेक बहुमुखी क्याम्पसको भर्ना अभियान सेवा क्षेत्रका सबै विद्यालयमा पुगेर सचेतना फैलाउँदै ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस मणिलेक बहुमुखी क्याम्पस मेलौली बैतडीले शैक्षिकसत्र २०८२/०८३ को लागि भर्ना अभियान संचालन गरेको छ। यस क्याम्पसको सेवा क्षेत्रमा रहेका १२ कक्षा सम्म पढाई हुने विद्यालयहरुमा उच्च शिक्षाको महत्त्व र अहिलेको विदेश मोहको फाइदा बेफाइदाहरुको विषयमा व्यापक अन्तरक्रिया कार्यक्रमहरु संचालन गरेको छ।
भर्ना अभियानलाई सफल पार्न सम्पुर्ण क्याम्पस स्टाफहरु सकृय रुपले लागि परेको क्याम्पस प्रमुख भगिरथ सिँह नेगि ले जनाउनु भयो। भर्ना अभियान प्रभावकारी र  नतिजा मुखी बनाउनु विभिन्न रणनीतिहरु अपनाइ विभिन्न विद्यालयहरुमा गएर विद्यार्थी , शिक्षक र अभिभावकहरु शीत शिक्षा ,रोजगारी, समाज ,युवा र राष्ट्रको समृद्धिको व्यापक अन्तरकृया गरेको कुरा भर्ना अभियानका मुख्य अभियान्ता भिम सिँह धामीले बताउनु भयो। सेवा क्षेत्रका मणिलेक नमुना माध्यामिक विद्यालय काँडा मेलैली , विशालपुर माध्यमिक विद्यालय विशालपुर, दुर्गा माध्यमिक विद्यालय खलिगाड, धर्मघर माद्यामिक विद्यालय सलेना र केदारेश्वर माद्यामिक विद्यालय दुर्गास्थान मेलौली बैतडी मा प्रत्यक्ष गएर कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुको वास्तविक तथ्यांक संकलन गरि अहिलेको सामाजिक संजाल र फोन मार्फत तथा एसयमएस गरि क्याम्पसले दिने सेवा सुविधा र क्याम्पसको अध्ययन ,अध्यापन र अनुसन्धान सम्बन्धि जानकारी गर्ने कुरा क्याम्पसका लेखापाल टीका दत्त भट्टले जनाउनु भयो ।
 यसैगरि अहिले बिदेश जाने लहर चलेको र यो कामले राष्ट्र र समाजलाइ दीर्घकालीन नकारात्मक असर पार्ने कुरा क्याम्पसका प्रशासन सहायक दशरथ सिँह नायक ले जनाउनु भो। यसैगरी क्याम्पसवाट उत्पादित जनशक्तिले राज्यको विभिन्न सेवा क्षेत्रमा उत्कृष्ट प्रदर्सन गरेको र अहिलेसम्मको उत्तीर्ण जनशक्तिले समाज सकारात्मक परिवर्तनको लागि महत्त्वपूर्ण भुमिका खेलेको कुरा भुतपुर्व क्याम्पस प्रमुख भवानी सिँह नायकले बताउनु भयो। क्याम्पस शीत प्रयाप्त भौतिक पुर्वाधार भएको र नपुग संरचना विश्वविद्यालय अनुदान आयोग, स्थानीय सरकार र केद्र सरकारको पहल निर्माण गर्ने गराउने र भैरहेको साथै आफ्नो कार्यकालमा क्याम्पसलै मेलौली नगरपालिकाले पुर्वाधार निर्माण र तलबभत्तामा करोडौंको अनुदान दिएर सहयोग गरेको र आगामी दिनमा पनि यस्को निरन्तरताका लागि पहल गर्ने कुरा मेलौली नगरपालिकाका पुर्व नगर प्रमुख कृष्ण सिँह नायकले जनाउनु भयो। 
क्याम्पसले यो शैक्षिकशत्र देखि नयाँ विद्यार्थीहरुलाइ छात्रवृत्ति र विभिन्न प्रोत्साहन योजनाहरु लागू गर्ने कुरा जनाएको छ। १0 जना विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था रहेको अनि क्याम्पस स्रोतले बताएको छ। जेहेन्दार ,टुहुरा , अपांग र गरिव गरि छात्रा र छात्रलाई पुर्ण  छात्रवृत्तिको व्यवस्था भएको पनि क्याम्पसले जनाएको छ। विश्वविद्यालय अनुदान आयोग र क्याम्पसले पनि आन्तरिक छात्रवृत्ति उपलब्ध गराउने कुरा पनि क्याम्पसले जनाएको छ। आफ्नै घर आगनमा उच्च शिक्षा लिएर यो मुलुक को विकासमा लाग्न पनि क्याम्पसले अनुरोध गरेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>